«

»

मिल्स एरियामा टोल विकासमा राउत

सञ्चारपत्र सम्वाददाता
नारायणगढ, १६ जेठ
भरतपुर उपमहानगरपालिका वडा नम्वर २ मा को मिल्स एरिया टोल विकास संस्थाको शुक्रबार सम्पन्न आठौं अधिवेशनले आनन्दराज राउतको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा दिपेश श्रेष्ठ, सचिवमा अरुणा पौडेल र कोषाध्यक्षमा डोलराज भूषाल निर्वाचित भएका छन् ।
भरतपुर–२ का वडा सचिव ओमप्रकाश न्यौपाने प्रमुख अतिथि रहेका उक्त अधिवेशन उद्घाटन समारोहमा उद्योग वाणिज्य संघ चितवनका पूर्व अध्यक्ष मित्रराज दवाडी, हरि भण्डारी, सरस्वती पौडेल, सरला जोशी लगायतले मन्तव्य राख्नु भएको थियो ।
उद्घाटन सत्रमा निवर्तमान सचिव ईन्दिरा खनालले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष दिग्विजय ढकालले आर्थिक प्रतिवेदन पेश गरेका थिए । कार्यक्रम संस्थाका निवर्तमान अध्यक्ष विजय अधिकारीको अध्यक्षतामा भएको थियो । नव निर्वाचित अध्यक्ष राउतले आफ्नो टोलमा हुने विकृति विसंगतिका बिरुद्ध लड््ने, टोललाई सफा, हरियाली राख्नुका साथै विकास निर्माणको काममा लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।