«

»

सिद्धि गणेश वनमा नयाँ नेतृत्व

भरतपुर, २८ वैशाख
सिद्धि गणेश सामुदायिक वन उपभोक्ता समुह, भरतपुर उपमहानगरपालिका वडा नम्वर १८ को सोमबार सम्पन्न अधिवेशनले विष्णुहरी अधिकारीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा मिना कुमारी तामाङ, सचिवमा रुपेश चन्द्र खनाल, सह सचिवमा मिलन गुरुङ, कोषाध्यक्षमा सीता गुरुङ रहेका छन् । निर्वाचन समितिका संयोजक लाल बहादुर लामाको अध्यक्षतामा सम्पन्न अधिवेशनले सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।