«

»

खोलेसिमल बजारलाई सहयोग

रत्ननगर, २८ वैशाख
रत्ननगर उद्योग वाणिज्य संघले खोलेसिमल बजार व्यवस्थापन समितिलाई भवन निर्माणका लागि पचास हजार रुपैयाँ सहयोग गरेको छ ।
संघका अध्यक्ष ज्ञान बहादुर विसुराल तथा रत्ननगर महोत्सव २०७० का मूल संयोजक एवम् संघका निवर्तमान अध्यक्ष दिपककुमार कर्माचार्यले खोलेसिमल बजार व्यवस्थापन समितिका अध्यक्ष हरि भण्डारीलाई सोमबार पचास हजार रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।
चेक हस्तान्तरण गर्दै संघका अध्यक्ष ज्ञान बहादुर विसुरालले सामाजिक उत्तरदायित्व बहन गर्नुका साथै खोलेसिमल बजार र त्यहाँको व्यवसायीहरुको सम्वद्र्धन एवम् प्रवद्र्धन गर्ने कर्तव्य संघको रहेको हु“दा सहयोग गरेको बताए । खोलेसिमल बजार व्यवस्थापन समितिका अध्यक्ष हरि भण्डारीले भवन निर्माणमा रत्ननगर उद्योग वाणिज्य संघले पु¥याएको सहयोगप्रति आभार व्यक्त गरे ।