«

»

चितवनका युवाहरु सिन्धुपाल्चोकमा घर बनाउँदै

भरतपुर, २८ वैशाख
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादी चितवनका युवाहरुले भूकम्पबाट प्रभावित सिन्धुपाल्चोकका भूकम्प पीडितहरुका लागि घर बनाउने अभियान सुरु गरेका छन् ।
अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष सरोज भण्डारी र राष्ट्रिय जनस्वम्सेवकका जिल्ला सदस्य रघुविरको नेतृत्वमा १५ दिने अभियान लिएर गएका युवाहरुको टोलीले अहिले धमाधम अस्थाई घर निर्माण थालेका छन् ।
सोमबार तेस्रो दिनसम्ममा सिन्धुपाल्चोकको ज्यामिरे गाविसको वडा नम्वर ७, ८ र ९ मा ११ वटा घर निर्माण गरिसकेको अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष भण्डारीले जानकारी दिए । उनले तत्कालका लागि १५ दिनसम्ममा स्थानियको सहकार्यमा घरटहरा निर्माण गर्ने बताए ।
‘स्थानीय पार्टी सदस्यहरुसँग सहकार्य गर्दै स्थानीय स्रोतसाधनको उपयोग गरेरै घर निर्माण सुरु गरेका छौँ’ अध्यक्ष भण्डारीले टेलिफोनमा भने ‘हामी यसलाई निरन्तरता दिँदै अन्य प्रभावित क्षेत्रमा समेत पुग्ने छौँ ।’ देश महाविपत्तिमा परेका बेला युवाहरुको यस्तै योगदानको खाँचो रहेको उनको भनाई छ ।
टोलीमा अखिल किसान संघका जिल्ला अध्यक्ष लक्ष्मी न्यौपाने, तमुवानका गञ्जसिंह गुरुङ, अमर खतिवडालगायत ११ जना रहेका छन् ।