«

»

राहत वितरणमा सक्रियता

Rahatभरतपुर, २८ वैशाख

महाभूकम्पमा परि घरबास गुमाएका घरपरिवारलाई राहत सहयोग प्रदान गर्ने कार्य तीब्र रुपमा चलिरहेको छ ।
कुम्पुरमा उवासंघको राहत
उद्योग वाणिज्य संघ–चितवनको संयोजन तथा प्लाष्टिक व्यवसायी संघ चितवनको सहयोगमा संघका कार्यसमिति सदस्य गोपाल भट्टराईको नेतृत्वमा गएको टोलीले सोमबार धादिङको कुम्पुर गाविस वडा नम्वर ३ र ४ मा राहत सामग्री वितरण गरेको छ ।
टोलीले ६० घरपरिवारका लागि चामल, दाल, तेल, चिउरा, त्रिपाल, नून र तन्ना लगायतका अत्यावश्यक सामग्रीहरु वितरण गरेको छ । टोलीमा प्लाष्टिक व्यवसायी संघका अध्यक्ष डिल्लीराम सापकोटा, पूर्व अध्यक्ष केदार श्रेष्ठका साथै अन्य प्लाष्टिक व्यवसायीहरुको समेत उपस्थिति रहेको थियो ।
अपाङ्गता समन्वय समितिको कोष
जिल्ला अपाङ्गता समन्वय समिति चितवनकोे आइतबार बसेको बैठकले महाभूकम्प पीडितहरुलाई राहत तथा पुनस्र्थापनाका लागि दश हजार रुपैयाँको कोष स्थापना गरी सरोकारवाला संघ संस्थाहरुसँग कोष वृद्धिका लागि आह्वान गरेकोमा विभिन्न संघ संस्थाले सहयोग उपलब्ध गराएका समितिले जनाएको छ ।
कोषमा चितवन नेत्रहीन संघले तीन हजार, बौद्धिक अपाङ्गताको अभिभावक संघबाट दुई हजार, चितवन बहिरा संघबाट तीन हजार, अपाङ्ग समाज चितवनबाट दुई हजार, सुषुम्ना नाडी घाईते मैत्रिय समाजबाट पाँच हजार, भरतपुर उमनपा अपाङ्ग समन्वय समितिबाट पाँच हजार रुपैयाँ जम्मा गरिएको जिल्ला अपाङ्गता उत्थान समन्वय समितिका संयोजक निर्मल कुमार श्रेष्ठले जानकारी दिएका छन् ।
संयोजक श्रेष्ठका अनुसार चित्रवन नगरपालिका अपाङ्गता समन्वय समितिबाट दुई हजार पाँच सय, लोथर गाउँ अपाङ्गता समन्वय समितिबाट एक हजार चार सय, गीतानगर अपाङ्ग समन्वय समितिबाट एक हजार, सुस्त मनःस्थिति कल्याण संस्थाबाट दुई हजार, भउमनपा–९ अपाङ्गता इकाइ समिति तथा जय दुर्गा आमा समुहबाट २९ हजार एक सय ८५ रुपैयाँ उक्त कोषमा जम्मा भएको छ । उक्त रकम सर्वदलीय सर्वपक्षिय राहत सङ्कलन समिति एवम् जिल्ला विपद् व्यवस्थापन समितिको संयुक्त रोहवरमा हस्तान्तरण गरिने श्रेष्ठले बताए ।
patrakar rahatपत्रकारहरुको अभियान जारी
गैर आवासीय नेपाली संघ (एनआरएन) जापानका केन्द्रिय सदस्य दीपक वावु नेपालले चितवनका भूकम्प प्रभावितको सहयोगका लागि सङ्कलन गरेको एक लाख साठी हजार पाँच सय ८३ रुपैयाँ ‘हामीले नगरे कसले गर्ने’ अभियानलाई हस्तान्तरण गरेका छन् । नेपालको एकल प्रयासमा सो रकम सङ्कलन भएको थियो ।
रत्ननगर नगरपालिका–१४, डुम्रीचोक घर भएका नेपालले भूकम्पबाट प्रभावित चितवनका पहाडी गाउँहरुमा सहयोग गर्न सो रकम सङ्कलन गरिएको जानकारी दिएका छन् । जिल्लाका पहाडी क्षेत्रका अधिकांश स्थानमा भूकम्पले क्षति पु¥याउँदा पनि राहत नपुगेको खबर पाएपछि नेपालले सामाजिक सञ्जालबाट सहयोगको आह्वान गरेका थिए । सो अभियानमा जापानमा रहेका नेपालीहरुले सकेको सहयोग गरेका नेपालले बताए ।
सो रकम लिएर आफै आउन नसकेका कारण चितवनका पत्रकारहरुको अगुवाईमा सञ्चालित ‘हामीले नगरे कसले गर्ने’ अभियानको संयोजनमा राहत वितरण गर्ने गरि हस्तान्तरण गरिएको नेपालले बताएका छन् । यसअघि भूकम्प प्रभावितहरुको सहयोगकै लागि एनआरएन जापानले गरेको सहयोग सङ्कलन अभियानमा पनि उनी सक्रिय रहेका थिए ।
आफ्नै जिल्लाका भूकम्प प्रभावितका लागि पनि सहयोग गरौँ भन्ने सोचले चितवनकै लागि भनेर एकल प्रयासमा पुनः राहत सङ्कलन अभियान थालेको नेपालले बताए । नेपालले यसअघि पनि चितवनको गामबेसीको चेपाङ संरक्षण केन्द्रलगायत बालबालिकाको क्षेत्रमा काम गर्ने विभिन्न संस्था तथा आपतमा परेका व्यक्तिहरुलाई सहयोग गर्दै आएका छन् ।
यसैबीच, ‘हामीले नगरे कसले गर्ने’ अभियानको संयोजनमा आगामी बुधबार शक्तिखोर र सिद्धी गाविसका भूकम्प प्रभावितहरुलाई राहत वितरण गरिने भएको छ ।
त्यसैगरी अभियान अन्तर्गत केहि दिन भित्रैमा चितवनका काउले, चण्डिभञ्ज्याङ र कविलास गाविसका गाउँहरु तथा काभ्रेपलाञ्चोक र दोलखा जिल्लाका भूकम्प प्रभावितहरुलाई पनि सहयोग गर्ने तयारी भइरहेको छ ।
अष्टे«लियाबाट राहत रकम
महाभूकम्प पीडितका लागि अष्टे«लियामा कार्यरत कमल अर्यालको अगुवाईमा सङ्कलित रकम रत्ननगर उद्योग वाणिज्य संघलाई हस्तान्तरण गरिएको छ । अष्टे«लियाको मेलवर्नस्थित पापा गिनोस रेष्टुरेण्टका कर्मचारीहरुबाट सङ्कलित एक लाख बीस हजार रुपैयाँ कमलका बुवा भीम प्रसाद अर्यालले संघका अध्यक्ष ज्ञानबहादुर विसुराललाई हस्तान्तरण गरेका हुन् ।
संघका अध्यक्ष ज्ञान बहादुर विसुरालले उक्त रकम महाभूकम्पबाट अति प्रभावित तथा अहिलेसम्म राहत पुग्न नसकेको ठाउँमा पारदर्शीरुपले राहत वितरणको लागि खर्च गरिने प्रतिबद्धता व्यक्त गरे ।