«

»

मृतकका परिवारलाई सहयोग

सञ्चारपत्र सम्वाददाता
भरतपुर, १९ जेठ
नेपाल पोल्ट्री सप्लायर्स कल्याणकारी संघले सडक दुर्घटनामा मृत्यु भएका संघमा आवद्ध सदस्यका सहचालकलाई राहत रकम हस्तान्तरण गरेको छ ।
सडक दुर्घटनामा मृत्यु भएका सहचालक दीपक कुमालकी आमा रिता कुमाल र श्रीमती सरिता कुमाललाई संघका अध्यक्ष तेजनारायण पाण्डेले रत्ननगर स्थित सालघारीमा पुगी मंगलबार पचास हजार रुपैयाँको चेक हस्तान्तरण गरेका थिए । कुमालको गत वैशाख ११ गते दुर्घटनामा परी मृत्यु भएको थियो ।
यसैगरी, संघले सामाजिक उत्तरदायित्व अन्तर्गत  गामबेसीको चेपाङ संरक्षण केन्द्रलाई ५० हजार रुपैयाँ सहयोग गरेको छ । उक्त केन्द्रमा रहेका चेपाङ बालबालिकालाई सहयोग स्वरुप उक्त रकम प्रदान गरिएको अध्यक्ष पाण्डेले बताए । सो अवसरमा केन्द्रका उपाध्यक्ष प्रकाशमणी सापकोटा, संघका निवर्तमान अध्यक्ष कृष्णहरि लोहनीलगायतको उपस्थिति रहेको थियो ।