«

»

विद्यालयलाई सहयोग जुटाउँदै गोर्खाली

रत्ननगर, ६ फागुन
वैशाख १२ को महाविनाशकारी भूकम्पले पूर्ण क्षति पु¥याएको गोरखाको दरबुङमा रहेको विद्यालय भवन पुनर्निर्माणको लागि यतिबेला गोर्खाली शिक्षाप्रेमीहरु घरदैलो कार्यमा लागेका छन् । चितवन बसाइँ आएका दरबुङ्गेहरु २०१२ सालमा स्थापना भएको सो विद्यालय पुनर्निर्माणको लागि घरघरमा चहारी रहेका हुन ।
विद्यालयका पूर्व प्रधानाध्यापक छविलाल जोशी, निवर्तमान प्रअ विमलप्रसाद अधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनबहादुर थापा, शिक्षक कमल नारायण श्रेष्ठ, सदस्य रत्नमान श्रेष्ठको टोलि बिहीबारदेखि चार दिनका लागि रत्ननगरको शान्तिचोकबाट घरदैलो अभियानमा जुटेका हुन् ।
घरदैलो अभियान तत्कालीन दरबुङ गाउँका प्रथम प्रधानपञ्च छविलाल घिमिरेको शान्तिचोकस्थित निवासबाट सुरू गरिएको छ ।
टोलीको पिठुवा, माधपपुर, जुटपानी, सौरहा, सुब्बाचोक, बेल्सी, रत्ननगरकै लौरीघोल नजिकै रहेको सानो दरबुङ टोल, भरतपुरको बुद्धचोकमा रहेको दरबुङ्गे मगरहरुको बस्तीलगायतका ठाउँमा पुग्ने योजना रहेको अध्यक्ष घनबहादुर थापाले जानकारी दिएका छन् ।
आगामी शैक्षिक सत्रबाट उच्च माबि सञ्चालन गर्ने योजना रहेकोे सो विद्यालयले चैत्रको अन्तिम साता हिरक महोत्सव मनाउँदै छ । सो अवसर पारेर सहयोग कबुल गर्ने कार्यक्रम राखिएको र त्यसैको सुरुवात स्वरुप घरदैलो अभियान सञ्चालन गरिएको थापाले बताए ।