«

»

प्रेरणा टोल विकास गठन

सञ्चारपत्र सम्वाददाता
भरतपुर, १० पुस
भरतपुर–१२ मा प्रेरणा टोल विकास संस्था गठन गरिएको छ । बिहीबार भएको भेलाले नयाँ टोल विकास संस्था गठन गरेको हो ।
टोलका जेष्ठ सदस्य जीवलाल अर्यालको अध्यक्षतामा सम्पन्न भेलाले सबै महिला रहने गरी प्रेरणा टोल विकास संस्था गठन गरेको हो । ११ सदस्यीय समितिको अध्यक्षमा मन्दिरा रिमाल, उपाध्यक्ष सुलोचना घिमिरे भट्टराई, सचिव राधिका ढुंगाना, सहसचिव नम्रता पराजुली र कोषाध्यक्ष सीतादेवी पौडेल रहेका छन् ।
त्यसैगरी, समितिका सदस्यहरुमा आशमाया गुरुङ, चन्दा श्रेष्ठ, स्थिर भट्टराई, दिलकुमारी रानामगर, वसन्ती श्रेष्ठ र भक्ति आचार्य रहेका छन् । टोलमा ३२ घरधुरी आवद्ध रहेका छन् । प्रेरणा टोल विकास संस्थाले सो क्षेत्रमा विकास निर्माण र चेतनामूलक कार्यक्रम सञ्चालन गर्र्दै जाने अध्यक्ष मन्दिरा रिमालले बताईन् ।