«

»

‘टाईगर द रियल हिरो’ को

च्यारिटी शो सम्पन्न
सञ्चारपत्र सम्वाददाता
नारायणगढ, १० पुस
आगामी माघ १६ गतेदेखि देशव्यापी रुपमा प्रदर्शन हुन लागेको ‘टाईगर द रियल हिरो’ को बिहीबार नारायणगढको गणेश चित्र मन्दिरमा विशेष च्यारिटी शो सम्पन्न भएको छ । लक्की मिडिया हाउस चितवनको आयोजनमा मुनाल युथ क्लव, भरतपुरको सहयोगार्थ टाईगर द रियल हिरोको विशेष च्यारिटी–शो गरिएको हो ।
च्यारिटी शोमा दर्शकहरुको उल्लेखनीय सहभागिता रहेको लक्की मिडिया हाउस चितवनका प्रबन्ध निर्देशक एवम् कार्यक्रम संयोजक हरि कार्की ‘लक्की’ले बताए । कार्यक्रममा चलचित्रका निर्देशक राजु गिरी र नायक सुरज रानाभाट उपस्थित थिए । नेपाली चलचित्र उद्योगमा नायिका बन्न खोज्दाको पीडालाई नै फिल्ममा उतारिएको छ ।
चलचित्रमा समाजमा हुने वास्तविक घटनालाई चलचित्र मार्फत देखाउन खोजिएको निर्देशक राजु गिरीले बताए । शुभेच्छा इन्टरटेन्मेन्टको प्रस्तुतीमा तयार यो चलचित्रमा शुभेच्छा थापा, अशोक फूयाँल, समीक्षा अर्याल, दिपक कँडेल लगायतका कलाकारहरुको अभिनय दर्शकले देख्न पाउने छन् ।
चलचित्रलाई शंकर गिरी र काजोल गिरीले मिलेर निर्माण गरेका हुन् । टाईगर द रियल हिरो हेर्नका लागि विभिन्न संघ संस्थाका प्रतिनिधि, व्यवसायी, पत्रकार, समाजसेवीलगायतको उपस्थिति रहेको थियो ।