«

»

चितवनमा अत्याधुनिक चलचित्र भवन सञ्चालनमा

आनन्द पोखरेल
चितवन, १० असार
चितवनको नारायणगढमा बिहिबारदेखि अत्याधुनिक सुविधा सम्पन्न चलचित्र घर सञ्चलनमा आएको छ । डीसीएन जलमा प्रालिले पुरानो जलमा हल भएको ठाउँ लिलाचोकमा क्यूएफएक्स हल सञ्चालनमा ल्याएको हो ।

नेपालमा पहिलो पटक अत्याधुनिक चलचित्र निर्माण गर्दै आएको डिजिटल सिनेमा नेपालले उक्त हल निर्माणको लागि लागि आठ करोड रुपैयाँ भन्दा बढी लगानी गरेको हलका अध्यक्ष एवम् चलचित्र निर्माता अशोक शर्माले बताए । …..हलको साउण्ड सिस्टम र प्रोजेक्सनको लागि मात्र करिब साढे एक करोड रुपैयाँ खर्च भएको शर्माले जानकारी दिए । आफहरुले हल सञ्चालन गर्दा क्यूएफएक्सको गुणस्तरलाई कायम गर्नुपर्ने भएका कारण हल व्यवस्थापनमा बढी खर्च गरिएको शर्माले बताए ।

qfx

उक्त हलमा शुक्रबार, शनिबार र सोमबार चार शोमा चलचित्र देखाइने शर्माले बताए । शुक्रबार, शनिबार र सोमबार दर्शकले चलचित्र हेर्नको लागि दुई ५० रुपैयाँको टिकट काट्नुपर्ने तथा बिहानी शोमा ५० प्रतिशत छुटको व्यवस्था गरिने शर्माले बताए । शुक्र, शनि र सोमबार बाहेकका दिनमा उक्त हलमा तीन वटा शो देखाइने तथा चलचित्र हेर्नको लागि तीन वटा शोको व्यवस्था गरिएको शर्माले बताए ।

‘क्युएफएक्स जलमा हलमा राष्ट्रियताको नाममा झुर नेपाली चलचित्र प्रदर्शन गर्दैनौँ’ शर्माले भने, –‘चलचित्र छनौट समितिले छानेको चलचित्र मात्र हामीले प्रदर्शनमा ल्याउनेछौँ, हलबाट हिन्दी र अङ्ग्रेजी गुणस्तरीय चलचित्र समेत प्रदर्शन गर्नेछौँ ।’ हल उद्घाटनको क्रममा चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले मानिसलाई गास, बास कपास जस्तै मनोरञ्जन पनि आवश्यक रहेको बताए । मानिस स्वस्थ रहनको लागि मनोरञ्जन समेत आवश्यक रहेको र अत्याधुनिक सुविधासम्पन्न हलहरुले मनोरञ्जनमा नयाँ आयाम थपेको सिंहले बताए ।

अत्याधुनिक हल सञ्चालनले सर्वसाधारणको स्तर र क्षमता अनुसार मनोरञ्जन पाउने सयम आएको सिंहले बताए । नेपालमा स्तरीय चलचित्र निर्माण हुन नसकेको कारण हिन्दी चलचित्रमा भर पर्नुपरेको सिंहको भनाइ थियो । हल उद्घाटनका क्रममा जलमा नारायणगढका निर्देशक वीरेन्द्र नारायण श्रेष्ठ, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष कल्याण जोशीलगायतले मन्तव्य राखेका थिए ।