«

»

न्यू ओएसिस एकेडेमी बिजयी

सञ्चारपत्र सम्वाददाता
भरतपुर, १० पुस
भरतपुरमा जारी शिव पौडेल स्मृति अन्तर कलेज टि २० क्रिकेट प्रतियोगिता अन्तरगत बिहीबार भएको खेलमा न्यु ओएसिस एकेडेमी बागलुङ बिजयी हुँदै क्वाटरफाईनलमा प्रवेश गरेको छ । वीरेन्द्र बहुमुखी क्याम्पसको खेल मैदानमा भएको खेलमा न्यु ओएसिस एकेडेमी बागलुङले युनाईटेड ट्यूसन एकेडेमी भरतपुरलाई ४१ रनले पराजित ग¥यो ।
न्यू ओएसिस एकेडेमी बागलुङले पेश गरेको ९६ रनको बिजय लक्ष्य जवाफी ब्याटिङ गरेको युनाईटेड ट्यूसन एकेडेमी भरतपुर १२ ओभर ४ बलमा ५४ रनमा समेटियो । न्यू ओएसिस एकेडेमी बागलुङका लागि म्यान अफ द म्याच घोषित प्रवीण बावरले दुई ओभर चार बलमा चार रन दिएर चार विकेट लिए ।
टस हारेर पहिला ब्याटिङ गरेको न्यु ओएसिस एकेडेमी बागलुङले १४ ओभर दुई बलमा सवै विकेट गुमाएर ९५ रन बनाएको थियो । बिहीबार हुने भनिएको दोश्रो खेल सप्तगण्डकी बहुमुखी क्याम्पस र एनपिआई उपस्थित नभएपछि हुन नसकेको सञ्चार संयोजक प्रकाश श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा शुक्रबारदेखि क्वाटर फाईनलका खेल हुने भएका छन् । शुक्रबार हुने पहिलो खेलमा बोस्टन इन्टरनेशनल कलेज भरतपुर र न्यू ओएसिस एकेडेमी बागलुङ तथा दोश्रो खेलमा बीरेन्द्र बहुमुखी क्याम्पस र अक्सफोर्ड कलेज गैंडाकोटबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।