«

»

रेडक्रसको उपशाखा उद्घाटन

सञ्चारपत्र सम्वाददाता
नवलपरासी, १० पुस
नवलपरासीको बुलिङटारमा नेपाल रेडक्रस सोसाईटी उपशाखाको बिहीबार उद्घाटन गरिएको छ । उपशाखाको समाजसेबी मानसिंह लुङ्घेलीले उद्घाटन गरेका थिए ।
उपशाखाको उद्घाटन गर्दै लुङ्घेलीले पहाडी क्षेत्रमा युवाहरुले सुरुवात गरेको सामाजिक कार्यको प्रशंंसा गरे । अशोक कुमार श्रेष्ठको नेतृत्वमा गठन गरिएको उपशाखामा कुल बहादुर क्षेत्री उपसभापति, बालकृष्ण लम्साल महामन्त्री, चन्द्र बहादुर लामकान्त कोषाध्यक्ष रहेका छन् ।
त्यस्तै सोही गाविसमा रहेको देवश्रोत सामुदायिक अध्ययन केन्द्रको पनि बिहीबार उद्घाटन गरिएको छ । बुलिङटार गाविसलाई पूर्ण साक्षर बनाउने अभियानमा लाग्ने केन्द्रका शालिकराम बाग्लेले जानकारी दिए ।