«

»

सिम्खडा सेवा समाज चितवन गठन

रत्ननगर साउन ५

चितवन जिल्ला भित्र छरिएर रहेका सिम्खडाहरुको आज रत्ननगरमा सम्पन्न भेलाले सिम्खडा सेवा समाज चितवन गठन गरेको छ ।
भेलाले अर्जुन सिम्खडाको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा भिमसेन सिम्खडा,सचिवमा शिशिर सिम्खडा, कोषाध्यक्षमा मन्जु सिम्खडा, सहसचिवमा विष्णुमाया सिम्खडा चयन हुनु भएको छ । त्यसैगरी सदस्यहरुमा शिव सिम्खडा,सृजना सिम्खडा,ओम प्रसाद सिम्खडा, जिवनाथ सिम्खडा, उत्तम सिम्खडा र दीपक सिम्खडा रहनु भएको छ ।

त्यसैगरी रामकृष्ण सिम्खडाको अध्यक्षतामा सात सदस्यीय सल्लाहाकार समिति समेत चयन गरिएको छ । जिल्ला भित्र एवम् यस आसपासका जिल्लामा रहेका सिम्खडाहरुलाई समेटी सिम्खडा कल्याणकोष स्थापना गरिएको समितिका सचिव शिशिर सिम्खडाले जानकारी दिनुभयो । साथै सम्पूर्ण सिम्खडाहरुलाई सो सिम्खडा सेवा समाजमा आबद्ध हुन आग्रह गर्दै फोन नम्वर ९८५५०६३२७० मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।