«

»

नेपाल राष्ट्रिय वाणिज्य संघको क्षेत्रीय भेला सम्पन्न

rajendra kumar shreshthaखैरहनी । नेपाल राष्ट्रिय वाणिज्य संघ, चितवन क्षेत्र नं. १ स्तरीय व्यवसायीहरुको भेला खैरहनीमा शनिवार सम्पन्न भएको छ । संघका चितवन जिल्ला अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा भएको सो भेलामा नेकपा एमाले केन्द्रीय लेखा परिक्षण आयोगका केन्द्रीय सदस्य जागृत प्रसाद भेटवाल प्रमुख अतिथि रहनुभएको थियो । 
भेलाले १५ सदस्यीय नेपाल राष्ट्रिय वाणिज्य संघ क्षेत्रीय समिति समेत गठन गरेको छ । लक्ष्मणप्रसाद निरौलाको अध्यक्षतामा गठित समितिमा उपाध्यक्ष कविता उप्रेती, सचिव शेषकुमारी ओली, कोषाध्यक्ष नेत्र बहादुर थापा रहनुभएको छ । यसैगरी सदस्यहरुमा बलराम भट्टराई, पशुपति पाठक, केदार पाण्डे, विनय सडौला, टेकबहादुर परियार, केशव चौधरी, मित्रलाल श्रेष्ठलाई सर्वसम्मत चयन गरिएको छ ।
भेलामा एमाले जिल्ला अध्यक्ष जगन्नाथ थपलिया, वाणिज्य संघका जिल्ला उपाध्यक्ष राजुप्रसाद पन्त लगायतका अतिथिहरुले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । भेलामा जिल्ला कोषाध्यक्ष सीवी कार्कीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन भरतप्रसाद उप्रेतीले गर्नुभएको थियो ।
नेकपा एमालेको आर्थिक एजेण्डालाई उद्योगी व्यवसायीहरुको माध्यमबाट सफल बनाउने उद्देश्यले वाणिज्य संघको गठन गरिएको जिल्ला अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले जानकारी गराउनुभयो । यसैबीच भेलाले रामशरण पाण्डेको संयोजकत्वमा क्षेत्रीय सल्लाहकार समिति पनि गठन गरेको छ । गोपाल शर्मा, भगवान आचार्य, भरतप्रसाद उप्रेती र प्रकाश रुपाखेती सल्लाहकार समितिको सदस्य रहनुभएको छ ।