«

»

माडी नगरपालिका कार्यालयको उद्घाटन

Madi Nagarpalikaइन्दिरा दाहाल
माडी, १० पुस
नवघोषित माडी नगरपालिका कार्यालयको बिहीबार औपचारिक रुपमा उद्घाटन भएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव डा. सोमलाल सुवेदी र चितवन क्षेत्र नम्वर–५का सभासद् बिक्रम पाण्डेले संयुक्त रुपमा झण्डोत्तोलन तथा होर्डिङ बोर्ड अनावरण गरी नगरपालिका कार्यालयको उद्घाटन गरेर्का िथए । ।
कार्यक्रममा मन्त्रालयका सचिव डा.सुवेदीले माडीमा विकासका प्रशस्त सम्भावना रहेको बताउँदै माडीलाई नयाँ रुप दिन माडीवासी एक भएर लाग्न सुझाव दिए । माडीका समस्या समाधान गर्न स्थानीयनै सक्रिय भएपछि सरकारले सहयोग गर्ने सुवेदीको भनाई थियो । उनले माडीवासीले राखेका समस्या र गुनासो सम्बन्धित निकायमा पु¥याउने प्रतिबद्धता समेत जनाए ।
सभासद् बिक्रम पाण्डेले माडीमा रहेका सम्भावनाहरु पहिचान गर्दै समस्याहरु समाधान गर्न सम्पूर्ण माडीवासीलाई अपील गरे ।
त्यस अवसरमा नेपाली काँग्रेस चितवनका सभापति टेकप्रसाद गुरुङ, नेकपा एमाले चितवनका अध्यक्ष जगन्नाथ थपलिया, एकीकृत नेकपा माओवादीका राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य ठाकुर ढकाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा एकीकृत नेकपा माओवादीका सन्देश पौडेलले माडीको समग्र विकास एवम् माडी नगरपालिकाको उन्नयनका लागि बुँदागत रुपमा विभिन्न मागहरु पेश गरेका थिए । उनले निकुञ्जबाट स्थानीयले भोग्नुपरेका समस्या समाधान गर्नुपर्ने, माडीमा खानेपानी, सडक, फोहोर व्यवस्थापन, शिक्षा, स्वास्थ्य लगायतको विकास हुनुपर्र्ने माग गरे । जारी आर्थिक वर्षमा माडीले कुनै विशेष योजना प्राप्त नगरेको भन्दै उनले सभासद् पाण्डेको ध्यानाकर्षण समेत गराए ।
कार्यक्रम सुरु हुनुअघि विभिन्न जातजातिको भेषभुषा, थारु झाँकी र पञ्चेबाजा सहित बसन्तपुर बजार परिक्रमा गरिएको थियो । नगरपालिकाका कर्मचारीहरुको तर्फबाट देव प्रसाद पौडेलले स्वागत मन्तव्य व्यक्त गरेका उक्त कार्यक्रम माडी नगरपालिकाका कार्यकारी अधिकृत रामकाजी श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । त्यस अवसरमा जिल्लामा क्रियाशील राजनीतिक दलका केन्द्रीय तथा जिल्ला तहका नेता, सहायक प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लगायत जिल्लास्थित विभिन्न कार्यालयहरुका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।