«

»

भूपू सैनिकको कार्यालय उद्घाटन

सञ्चारपत्र सम्वाददाता

खैरहनी, १७ जेठ नेपाल राष्ट्रिय सैनिक संघ चितवन क्षेत्र नम्वर २ इकाई कार्यालयको आइतबार उद्घाटन गरिएको छ । पूर्वी चितवनको चैनपुरमा रहेको कंकाली सामुदायिक वनमा एक कार्यक्रम आयोजना गरि कार्यालयको उद्घाटन गरिएको हो । दि फेमश महेन्द्र दल गण भरतपुरका गणपति कर्णेल प्रशान्त बिक्रम राणाले कार्यालयको उद्घाटन गर्दै सैनिकहरुले सेवामा रहँदा र अवकास पश्चात जुनसुकै बेला पनि इमान्दारिका साथ राष्ट्रसेवामा काम गर्नुपर्ने बताए । अहिले राष्ट्रमा ठूलो बिपत्ति आएकोले यो बिपत्तिबाट पार पाउन र राष्ट्रको विकास गर्न भूतपूर्व सैनिक संघले प्रयास र प्रयत्न गर्नुपर्ने उनको सुझाव थियो । नेपाली सेनाले सधैँ राष्ट्र रक्षा र नेपाली जनताको हितमा काम गर्ने बताउँदै गणपति राणाले देशमा जस्तोसुकै अवस्था आएपनि सेना उच्च मनोबलका साथ सामना गर्न तयार रहेको बताए । कार्यक्रम नेपाल राष्ट्रिय सैनिक संघ चितवन क्षेत्र नम्वर २ इकाई कार्यालयका अध्यक्ष मधुसुदन ढकालको अध्यक्षतामा भएको थियो । संघमा चितवन क्षेत्र नम्वर २ का ४७ जना भूपू सैनिक आवद्ध छन् ।