«

»

गणतन्त्र दिवसमा स्वास्थ्य शिविर

सञ्चारपत्र सम्वाददाता
भरतपुर, १६ जेठ
आठौँ गणतन्त्र दिवसको अवसरमा कुमारी बैंक लि. नारायणगढ शाखाको आयोजनामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल भरतपुर, मेडिकल ईन्टरप्रडेफेज नारायणगढको सहयोगमा भरतपुर–१४, फूलबारीमा रहेको नमूना कल्याणकारी आश्रममा शुक्रबार निशुल्क स्वास्थ्य शिविर सञ्चाल गरिएको हो ।
सो अवसरमा ३ सय २० जनाको स्वास्थ्य परीक्षण गरिनुका साथै निशुल्क औषधि समेत वितरण गरिएको थियो । परीक्षणका क्रममा उच्च रक्तचाप, मधुमेह, मुटुको भल्वको समस्या, दम र ग्याष्ट्रिकको समस्या भेटिएको थियो । बैंकिङ कामलाई मात्रै ध्यानमा नराखि सामाजिक उत्तर दायित्व समेत बहन गर्ने उद्धेश्यले यो कार्यक्रम आयोजना गरिएको बैंकका शाखा प्रमुख शरद उपाध्यायले जानकारी दिए ।
उपाध्यायका अनुसार देशका विभिन्न ३४ स्थानमा शाखा सञ्चालन गरी सेवा प्रदान गर्दै आईरहेको कुमारी बैंकले भूकम्प प्रभावितहरुका लागि ५१ लाख रुपैयाँ सहयोग, रक्तदान, विभिन्न स्थानमा स्वास्थ्य शिविर लगाष्तका कार्यक्रमहरु गर्दै आएको छ ।
आश्रमकी अध्यक्ष उमा रेग्मीको अध्यक्षतामा सम्पन्न सो सिविरमा कार्डियाक सर्जन डा. कैशल तिवारी, न्यूरो सर्जर डा. आई पि चेरीयन, मुटुरोग विशेषज्ञ डा. शंकर लौडारी, डा. जोन लगायतले आश्रममा रहेका वृद्धवृद्धाको स्वास्थ्य परिक्षण गरेका थिए ।