«

»

जीप सहित अवैध सुपारी बरामद

Police newsसञ्चारपत्र सम्वाददाता
भरतपुर, २० जेठ
जिल्ला प्रहरी कार्यालय नवलपरासीले बुधबार जीप सहित अवैध सुपारी बरामद गरेको छ । बुधबार कार्यालयबाट खटिएको प्रहरी टोलीले लु१ज ६८५ नम्बरको जीप सहित ११ बोरा सुपारी बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले नवलपरासीको दक्षीणी भेग महेशपुर नाकाबाट अवैध रुपमा सुपारी भारततर्फ निकासी हुँदैछ भन्ने गोप्य सूचना पाएपछि प्रहरीले खोज तलासी गर्दा उक्त सामान बरामद गरेको बताए । नवलपरासीको हरकपुर गाविस वडा नम्बर ५ बाट उक्त सुपारी बरामद गरिएको उपाध्यायले जानकारी दिए । अवैध रुपमा जीपबाट भारत तर्फ लैजादै गरेको छ सय ६० किलो सुपारी बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले बरामद गरेको सुपारीको मूल्य अन्दाजी एक लाख ६५ हजार रुपैयाँ पर्ने प्रहरी उपरीक्षक उपाध्यायले बताए । सोमबार दिउँसो बरामद गरिएको सुपारी र जीपलाई थप अनुसन्धानको लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको उपाध्यायले जानकारी दिए ।