«

»

कक्षा १२ को परीक्षा सुरु, चितवनमा ७६०० परीक्षार्थी सहभागी

आनन्द पोखरेल
चितवन, २० जेठ
वैशाखमा आएको महाभूकम्पका कारण स्थगित भएको कक्षा १२ को परीक्षा बुधबारदेखि सुरु भएको छ । वैशाख २० गतेदेखि सुरु हुने भनेको कक्षा १२ को परीक्षा महाभूकम्का कारण एक महिना पछाडि सरेको हो ।
उच्च माध्यमिक शिक्षा परिषद्ले भूकम्पकका कारण बढी क्षति भएका धादिङ, गोरखा, सिन्धुपाल्चोक लगायत सात वटा जिल्लाबाहेकका ६८ जिल्लामा बुधबारदेखि कक्षा १२ को परीक्षा सञ्चालन गरेको हो । चितवनबाट कक्षा १२ को परीक्षामा सात हजार छ सय जना विद्यार्थीले सहभागिता जनाएका उच्च

बुधबारदेखि सुरु भएको कक्षा १२ को परीक्षामा नारायणगढको बालकुमारी उच्च माध्यमिक विद्यालयमा परीक्षा दिँदै विद्यार्थीहरु । तस्विर : आनन्द पोखरेल

बुधबारदेखि सुरु भएको कक्षा १२ को परीक्षामा नारायणगढको बालकुमारी उच्च माध्यमिक विद्यालयमा परीक्षा दिँदै विद्यार्थी । तस्विर : आनन्द

माध्यमिक शिक्षा परिषद् अञ्चल कार्यालय हेटौंडाका प्रमुख जनार्दन बास्तोलाले बताए । चितवनमा २३ वटा परीक्षा केन्द्रबाट कक्षा १२ को परीक्षा लिइएको बास्तोलाले जानकारी दिए ।
चितवन जिल्लाबाट यस वर्षका कक्षा १२ को परीक्षामा नियमित तर्फ तीन हजार आठ सय ९८ जना छात्र र तीन हजार दुई छात्रा गरी जम्मा सात हजार छ सय विद्यार्थी सहभागी हुंदैछन् । त्यसैगरी, जेठ २४ देखि सुरु हुने कक्षा १२को पूरक परीक्षामा चार हजार सात सय ६१ विद्यार्थी सहभागी हुने बताइएको छ । पूरक परीक्षामा दुई हजार एक सय ११ छात्र र दुई हजार ट सय ५० छात्रा गरी चार हजार सात सय ६१ परीक्षार्थी सहभागी हुँदैछन् ।
बुधबार सञ्चालन भएको अङ्ग्रेजी विषयको परीक्षा मर्यादित ढंगबाट सम्पन्न भएको कार्यालय प्रमुख बास्तोलाले बताए । यसैबीच, बुधबार सञ्चालन भएको अनिवार्य अङ्ग्रेजी विषयको परीक्षामा नारायणगढको बालकुमारी उच्च माध्यमिक विद्यालय परीक्षा केन्द्रमा तीन सय ६६ जना विद्यार्थीले सहभागिता जनाएका छन् । अनिवार्य अङ्ग्रेजी विषयको परीक्षामा पांच जना परीक्षार्थी अनुपस्थित भएका शिक्षक सन्तोष अधिकारीले जानकारी दिए ।
यसैगरी, उच्च माध्यमिक शिक्षा परिषद् सानोठिमीले लिएको कक्षा १२ को परीक्षाका लागि मुलुकभरी आठ सय ४६ परीक्षा केन्द्र र केन्द्राध्यक्ष, एक हजार ६९ सहायक केन्द्राध्यक्ष, नौ सय १३ जना पर्यवेक्षक, नौ हजार सात सय ६१ निरीक्षक, आठ सय ४६ कर्मचारी, एक हजार छ सय ९२ कार्यालय सहयोगी र १० हजार नौ सय ९८ जना सुरक्षाकर्मी खटिएका परिषद्ले जनाएको छ ।
परीक्षा जेठ ३१ गतेसम्म चल्नेछ । भूकम्प अतिप्रभावित गोरखा, धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लामा भने पछि परीक्षा मिति तोकिने जनाइएको छ । कक्षा ११ को परीक्षा आगामी असार १ गतेदेखि हुँदैछ ।