«

»

पत्रकार महासंघ चितवनमा ‘अनन्तगंगा पत्रकारिता पुरस्कार’को स्थापना

नेपाल पत्रकार महासंघ, FNJ-puraskarले ‘अनन्तगंगा पत्रकारिता पुरस्कार’ स्थापना गर्ने भएको छ । व्यवसायी बालगोपाल चुके र उनका परिवारको सहयोगमा महासंघले पुरस्कार स्थापना गर्ने भएको हो । अनन्तगंगा पत्रकारिता पुरस्कार स्थापनार्थ महासंघ र चुके परिवारबीच सोमबार नारायणगढमा सम्झौता समेत भएको छ । सम्झौतामा महासंघको तर्फबाट अध्यक्ष हरिप्रसाद पोखरेल र चुके परिवारका तर्फबाट बालगोपाल चुकेले हस्ताक्षर गरेका छन् ।

आफ्ना पीता एवम् अद्धैत संस्थाका प्रधान कुलपति अनन्तलाल चुके र माता गंगादेवी चुकेको ८४ पूजा एवम् पूर्णचन्द्र दर्शनको सन्दर्भ पारेर चुकेले महासंघको स्वामित्व रहने गरी पुरस्कार स्थापना गर्न सहयोग गरेका हुन् । पुरस्कार हरेक वर्ष एक जना चितवनका पत्रकारलाई प्रदान गरिनेछ । पुरस्कारको राशी ५० हजार ५१ रुपियाँको रहने र समयानुकुल वृद्धि गर्दै लगिने महासंघले जनाएको छ । पुरस्कार पहिलोपटक महासंघको माघ २७ गते हुने साधारण सभामा वितरण गरिनेछ ।

पुरस्कार प्रदान गर्न दश लाख रुपियाँको अक्षयकोष स्थापना गर्ने र त्यसैको ब्याजबाट वितरण गरिने पनि सम्झौता पत्रमा उल्लेख छ । पुरस्कारलाई व्यवस्थित बनाउन महासंघका अध्यक्षको संयोजकत्वमा कोष सञ्चालन तथा व्यवस्थापन सोिमति निर्माण गरिनेछ । यसैगरी पुरस्कार छनौटका लागि पनि महासंघले अध्यक्षकै संयोजकत्वमा छनौट समिति गठन गरी नाम तय गर्ने जनाइएको छ ।

सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा महासंघका अध्यक्ष हरिप्रसाद पोखरेलले चितवनका पत्रकारिताई सक्षम बनाउन विशेष योगदान गरेका पत्रकारलाई पुरस्कारले थप प्रोेत्साहन गर्ने बताए । यसले पत्रकारहरुको दक्षता र सीप विकासमा सहयोग पु¥याउने पनि उनको भनाई थियो । पोखरेलका अनुसार चुके परिवारबाट प्राप्त सहयोग र ब्याजसमेत जम्मा हुने गरि अनन्तगंगा पत्रकारिता पुरस्कार कोषको स्थापना गरिने छ । पत्रकारिता पेशामा रहेर काम गरेका पत्रकारलाइ प्रोत्साहन गर्न, महासंघको संस्थागत विकासमा योगदान पु¥याउन साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा योगदान गर्न पुरस्कार वितरण गरिने छ ।

महासंघका निवर्तमान अध्यक्ष एवम् सल्लाहकार जनक अर्यालले स्थायी ढंगबाट पुरस्कारलाई व्यवस्थित रुपले सञ्चालन गर्न सुझाव दिए ।

पुरस्कार प्राप्त गर्ने पत्रकारको हकमा कम्तिमा १५ बर्षसम्म चितवनमा रहि पत्रकारितामा संलग्न हुनुपर्ने, महासंघको सदस्य हुनुपर्ने र आर्थिक, सामाजिक र सांस्कृतिक पक्षलाइ उजागर गर्न भुमिका खेलेको हुनुपर्ने छ ।

त्यस्तै भुगोल, क्षेत्र, विधा तथा जातिय लिंगीय समावेशिकरणलाइ ध्यान दिइने सम्झौता पत्रमा उल्लेख गरिएको छ । पुरस्कार छनौटका लागि पत्रकार महासंघले एक छनौट समिति गठन गर्ने छ । त्यसमा महासंघका तर्फबाट र चुके परिवारका तर्फबाट १÷१ जना सदस्य सामेल गराइने पत्रमा उल्लेख छ ।

कार्यक्रममा व्यवसायी बालगोपाल चुकेले पत्रकारिताको विकास र पत्रकार महासंघको संस्थागत विकासमा योगदान पु¥याउन पाउँदा खुशी लागेको बताए । कार्यक्रममा चुकेका पीता अनन्तलाल चुके, महासंघका उपाध्यक्ष एवम् महासंघ पत्रकारिता पुरस्कार कोष वृद्धि गर्न गठित समितिका संयोजक दिपेन्द्र बडुवाललगायतले मन्तव्य राखेका थिए ।

प्रेस चौतारी चितवनका अध्यक्ष तीर्थ नेपाल, नेपाल प्रेस युनियनकी केन्द्रीय सदस्य सुरक्षा रेग्मी, क्रान्तिकारी पत्रकार संघ चितवनकी अध्यक्ष शान्ता अधिकारी, क्रान्तिकारी पत्रकार संगठन चितवनका अध्यक्ष नवराज ढकालको कार्यक्रममा सहभागिता रहेको थियो ।