«

»

बसको ठक्करबाट दुईको ज्यान गयो

BG-Nawalparasi- bus aaglagiकावासोती, ५ पुस । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती जङ्गलमा शनिबार दिउँसो बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

नारायणगढबाट डण्डाका लागि छुटेको ना३ख ५७१ नम्बरको मिनी बसले सोही दिशातर्फ गुडिरहेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुने जौवारीका डमबहादुर गाहामगर र एक महिला रहेको इलाका प्रहरी कार्यालय कावासोतीका प्रहरी नायब उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
बसले मोटरसाइकलाई ठक्कर दिएपछि लतारेर अगाडि ल्याउँदा बसमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीले बस पूर्ण रुपमा क्षति भएको छ । बसमा सवार यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ । बसमा सवार सबै सकुशल रहेका प्रनाउ अधिकारीले बताए ।
प्रहरी र स्थानीयवासीले बसमा लागेको आगो नियन्त्रणमा लिएका थिए । दमकल नभएका कारण आगो नियन्त्रणमा लिन झन्डै एक घन्टा लागेको थियो । आगजनीले मोटरसाइकल समेत पूर्णरुपमा जलेको छ । रासस