«

»

ट्रक खस्दा दुईको मृत्यु

सञ्चारपत्र सम्वाददाता
दाहाखानी, ५ पुस
चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत रिद्धिखोलामा शुक्रबार राति ना ४ ख ३५७१ नम्बरको ट्रक सडकबाट ४० मिटर तल खस्दा दुईजनाको मृत्यु भएको छ । हेटौंडाबाट सिमेन्ट लिएर मुग्लिनतर्फ जाँदै गरेको सो ट्रक अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा हेटौंडा उपमहानगरपालिका–११ का २३ वर्षीय उमेश करपौला र सोही स्थानका १८ वर्षीय महेश कार्र्कीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनीहरुको उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमा नै ज्यान गएको हो ।
दुर्घटनामा अमृत करपौला र एकराज करपौला घाइते भएका छन् । उनीहरुको गम्भीर अवस्थामा चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरीका अनुसार दुर्घटनापछि फरार रहेका चालक शनिबार साँझ सम्पर्कमा आएका छन् ।