«

»

सवारी दुर्घटनामा एकै परिवारका ३ को मृत्यु,आफन्तले शव बुझेनन्

७ असोज, नवलपरासी । नवलपरासीको प्रगतिनगरमा सोमबार दिउँसो भएको सवारी दुर्घटनामा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । भैरहवाबाट काठमाडौं जादै गरेको लु १ ख ७३६४ नम्बरको बसले दिउँसो करिब सवा ३ बजेतिर दलदले बजारमा ना १९ प ८३०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा दुर्घटना भएको हो । अर्को बसलाई ओभर टेक गर्ने क्रममा बसले मोटरसाइकलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा परि मोटरसाइकलमा सवार ३ जनाको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कावासोतिका प्रहरी निरिक्षक मोहन अधिकारीले जानकारी दिनुभयो । मृत्यु भएका मध्ये प्रगतिनगर ६ पृथ्वीनगरका करिब ५५ बषर्ीय रामप्रसाद भुसाल, उनकी छोरी रजहर बस्ने २६ बषर्ीया लक्ष्मी तिवारी र भुषालका नाती २ बषर्ीय युगल तिवारी रहेका छन् । आफन्तले बताए अनुसार उनीहरु भुसालको घरमा श्राद्ध सकेर छोरी र नातिलाई रजहरस्थित घरमा पुर्‍याउन हिँडेका थिए ।
घटनापछि आक्रोसित स्थानीयले ठक्कर दिने बसमा आगजनी गरेका छन् भने राजमार्ग अवरुद्ध पारेका छन् । भिड नियन्त्रणको प्रयासमा प्रहरीले एक राउण्ड हवाइफयर गरेको छ । कावासोतीका डिएसपी बिमल बस्नेतले घटना नियन्त्रणमा आएको र राजमार्ग खुलाउन पहल भइरहेको जानकारी दिनुभयो।नवलपरासीको प्रगतिनगरमा सवारी दुर्घटनामा ज्यान गुमाएकाका आफन्तले उचित क्षतिपूर्ति नपाएसम्म शव नुबझ्ने अडान लिएका छन्। काठमाडौँबा भैरहवाका लागि हिँडेको लु१ख ७३६४ नम्बरको यात्रुबाहक बसले सोमबार प्रगतिनगरमा ना१९प ८३०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको घटनास्थलमै ज्यान गएपछि आक्रोशित भएका स्थानीयवासीले उचित क्षतिपूर्तिको माग राखेर शव नबुझेका हुन्।स्थानीय प्रशासनसँग पुनः छलफल गर्ने सहमतिपछि बन्द राजमार्ग गएराति २ बजेमात्र सुचारु भएको थियो। प्रमुख जिल्ला अधिकरी केशवराज घिमिरेको सहभागितामा आज बिहान पुनः वार्ता गर्ने सहमति भएपछि राजमार्ग खुलेको भुसालले जानकारी दिए। परिवारले शव नबुझेपछि प्रहरीले भरतपुर अस्पताल चितवनमा शव लगेको छ। स्थानीय प्रशासनले हदैसम्मको लचकता देखाएर पीडितको मागमा छलफल हुने जनाएको छ। दुर्घटनामा ज्यान गुमाएका प्रगतिनगर-६ का रामप्रसाद भुसाल, उनकी छोरी लक्ष्मी भुसाल तिवारी र नाति युगल तिवारीको नाममा रु २० लाखको ट्रष्ट स्थापना हुनुपर्ने लक्ष्मी भुुसालको गर्भमा रहेको बच्चाको समेत सङ्ख्या गन्ती गरी मृतक मान्नुपर्ने, मृतकका परिवारलाई एकमुष्ट रु ५० लाख क्षतिपूर्ति पाउनुपर्ने, परिवारका सदस्यलाई हैसियतअनुसारको रोजगारीको व्यवस्था सरकारले गर्नुपर्ने माग राखेर परिवारले शव नबुझेको धर्मदत्त भुसालले जानकारी दिए।