«

»

ट्याक्टर पल्टिदा १० घाइते

सञ्चारपत्र सम्वाददाता
भरतपुर, १६ जेठ
रत्ननगरको निपनि चोकमा जन्ती बोकेको ट्याक्टर दुर्घटनाग्रस्त हुँदा दश जना घाइते भएका छन् । शुक्रबार जन्ती बोकेर पटिहानीबाट निपनीतर्फ जाँदै गरेको ना ४ त ४७६ नम्बरको ट्याक्टर दुर्घटनाग्रस्त भएको हो । राजमार्गबाट भित्रि सडकतर्फ जान लाग्दा ट्याक्टरमै राखिएको जेनेरेटरले एक पट्टि बढि पेलेका कारण सडकमै पल्टिएको ईलाका प्रहरी कार्यालय रत्ननगरले जनाएको छ । घाइतेहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।