«

»

सनाखतका लागि प्रहरीको आग्रह

सञ्चारपत्र सम्वाददाता
भरतपुर १६, जेठ का
हसना ईट्टा उद्योग छिर्केनी तनहुँमा लेबर काम गरी बस्ने ४० वर्षीय एक व्यक्तिकोे गएको जेठ १२ गते उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएपछि चितवन प्रहरीलाई सनाखतका लागि समस्या परेको छ । मृतक व्यक्तिको नाम भुवन ढकाल भनिएपनि उनको परिवार समेत सम्पर्कमा नआएपछि जिल्ला प्रहरी कार्यालय चितवनले सनाखतका लागि सहयोग गरिदिन सबैलाई आग्रह गरेको हो ।
मृतकको शव हाल भरतपुर अस्पतालको शवगृहमा राखिएको छ । प्याजी रंगको टिसर्ट, निलो जिन्स पाईन्ट लगाएका ती व्यक्तिको उचाई ५ फिट ५ ईन्च रहेको प्रहरीले जनाएको छ । उनको शरीर मझौला र वर्ण गहुँगोरो रहेको भन्दै प्रहरीले घर गीतानगर चोकबजार रहेको समेत जानकारी दिएको छ ।