«

»

नरबहादुर–सर्वादेवी खाँड ट्रष्ट स्थापना

Ner Bd Khadस्व. नरबहादुर खाँडको श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
चितवनमा कम्युनिष्ट पार्टी स्थापनामा खाँडको भूमिका महत्वपूर्ण
सञ्चारपत्र सम्वाददाता
गीतानगर, ३ असोज
नेकपा (एमाले)का नेता स्व. नरबहादुर खाँडको तेह्रौं दिनको पुण्य तिथिमा बिहीबार श्रद्धाञ्जली कार्यक्रम आयोजना गरियो । कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरुले स्व. खाँडप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरे ।
एमाले गीतानगर गाउँ कमिटीको आयोजनामा भएको श्रद्धाञ्जली कार्यक्रमका प्रमुख अतिथि एमालेका केन्द्रिय सदस्य देवी ज्ञवालीले चितनवमा कम्युनिष्ट पार्टी स्थापनाको लागि खाँडको महत्वपूर्ण भूमिका रहेको चर्चा गरे । ‘कोअर्डिनेसन केन्द्रको स्थापना देखिनै खाँडको महत्वपूर्ण भूमिका रह्यो’ ज्ञवालीको भनाई थियो ।
०४६ सालको संयुक्त जनआन्दोलन सञ्चालन गर्न चितवनमा बाममोर्चाको अध्यक्ष भएर नेपाली कांग्रेससँग संयुक्त आन्दोलनको लागि निर्वाह गरेको भूमिका सदा स्मरणीय रहने ज्ञवालीले बताए । बिभिन्न सङ्घ संस्था स्थापना तथा सञ्चालनमा समेत खाँडको महत्वपूर्ण योगदान रहेको उनले चर्चा गरे ।
एमाले केन्द्रीय अनुशासन आयोगका सचिव एवम् गीतानगर गाविसका बासिन्दा हरि सापकोटाले बिभिन्न पार्टीमा रहेर खाँडले बामपन्थी आन्दोलनमा पु¥याएको योगदान स्मरण गरे । नेकपा एमालेको निर्माणमा समेत खाँडको महत्वपूर्ण योगदान रहेको सापकोटाको भनाई थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव जीतनारायण श्रेष्ठले बिमारी भएको अवस्थामा नरबहादुर खाँडसँग चिनजान र भावना आदान प्रदान गरेको चर्चा गर्दै अस्पतालहरुको विकासको लागि पु¥याएको योगदानको प्रशंशा गरेका थिए । राजनीति गरेर सबै सफल नहुने उल्लेख गर्दै श्रेष्ठले राजनीतिसँगसँगै समाज सेवामा लागेर खाँड सफल भएका बताए । खाँड उदाहरणीय व्यक्ति रहेका उनको विचार थियो ।
खाँडकी नातिनी मारिसा श्रेष्ठले हजुरबुबा खाँडले आफूहरुका जिज्ञासालाई धैर्यतापूर्वक एक एक गरी उत्तर दिने, कसरी राम्रो हुने भनेर बाटो देखाईरहने, जीवनको अन्तिम अवस्था सम्म पनि अभिभावकत्व दिईरहेको बताईन् ।

खाँडका बाल्यकालदेखिका साथी रहेका जेष्ठ नागरिक सेवा समाजका केन्द्रिय उपाध्यक्ष यमुना न्यौपानेले खाँड पहिला आफ्नो चेला भएको तर अहिले गुरु भएको बताए ।
नेकपा एमाले गीतानगर गाउँ कमिटीका सचिव ज्ञानेन्द्र ढकालको अध्यक्षता तथा उप सचिव केशब सापकोटाको सञ्चालनमा भएको उक्त कार्यक्रममा एमाले जिल्ला सचिव तेजेन्द्र खड्का, जिल्ला सल्लाहकार लिलाबहादुर भण्डारी, नेकपा एमाले क्षेत्र नं. ४ का अध्यक्ष बच्चु भट्टराई लगायतले खाँडको योगदानको चर्चा गरेका थिए ।  

यसैबीच, स्व. नरबहादुर खाँडको योगदानलाई निरन्तरता दिन पारिवारिक रुपमा ट्रष्ट स्थापना गरिएको खाँडकी बुहारी छायाँदेवी चन्दले कार्यक्रममा जानकारी गराईन् । उनले नरबहादुर– सर्वादेवी खाँड ट्रष्ट स्थापना गर्ने घोषणा गर्दै ट्रष्ट सञ्चालनको लागि परिवारको तर्फबाट तत्काल एक लाख ११ हजार एक सय ११ रुपियाँ राखिएको जानकारी गराईन् । नरबहादुरकी धर्मपत्नी बिष्णुु खाँड संरक्षक रहनेगरी खाँडकी छोरी उषाको अध्यक्षतामा उक्त ट्रष्ट स्थापना गरिएको कार्यक्रममा घोषणा गरिएको थियो ।