«

»

ड्यूटी नगरि जागिर पाक्छ गाविस सचिवको

mangalpurप्रतिमा सिलवाल

सेवाग्राहीले गाविस सचिवलाई भेट्नै गाह्रो
कार्यालय छोडेर क्याम्पस पढाउन व्यस्त
कर्मचारी समेत असन्तुष्ट
गाविसमा नबस्ने सचिव भन्छन– मेरो जिम्मेवारी धेरै छ
मंगलपुर, ३ असोज ÷ मंगलपुर गाउ“ विकास समितिका कर्मचारीहरुबीच समन्वय नहु“दा यहाँका बासिन्दाले गाविसबाट सरल र सहज रुपमा सेवा सुविधा पाउन सकेका छैनन् । एकै दिनमा सकिने कामको लागि पनि धेरै दिन सम्म धाउनुपर्ने सेवाग्राहीहरुले गुनासो गरेका छन् ।
छोराको नागरिकता बनाउन सिफारिसको लागि गाविस कार्यालय पुगेकी भूमिकला सापकोटाको बुधबार गाविस सचिव बुद्धिप्रसाद गौतमको हस्ताक्षर नभएर काम रोकियो । दिउ“सो तीन बजे भन्दा अगाडि नै सचिव कार्यालयबाट बाहिरिएपछि सापकोटा बिहीबार पुनः गाविस कार्यालय पुगेकी थिईन् ।
‘छोराको दुई दिनको पढाइ छुटिसक्यो’ बिहीबार दिउँसो १२ बजे कार्यालयमा सचिव कुरिरहेकी सापकोटाले भनिन्– ‘सचिवको सहि नभएर आज पनि जिल्ला प्रशासन कार्यालय जान पाइएन ।’
मंगलपुर गाविसका कर्मचारीहरु भने सचिवले आफूहरुलाई कार्यालय आउने नआउने जानकारी नदिने गरेकोले काममा ढिलाई हुने गरेको बताउ“छन्  । गाविसकी कार्यालय सहायक बिनिता थापाले सचिव गौतमले कार्यालय आउने नआउने पूर्व सूचना नदिने गरेको बताईन् । मंगलपुर गाविसमा पाँच जना कर्मचारी कार्यरत छन् ।
गाविस सचिव गौतमले क्याम्पस पनि पढाउँछन् । उनी बिहान भरतपुरको एक क्याम्पसमा अध्यापन गर्छन् । बिहान १० बजेसम्म नै क्याम्पसमा हुने भएकाले ११ बजेपछि मात्रै उनी कार्यालय आउने गरेका छन् । ११ बजेपछि पनि सचिव आउने नआउने आफूहरुलाई थाहा नहुने कर्मचारीहरु बताउ“छन् ।
‘सचिव सर कहिले बिदा बस्नुहुन्छ, अफिस आउने नआउने हामीलाई कहिल्यै जानकारी हु“दैन’ सहायक थापाले भनिन्– ‘सरले पूर्व जानकारी नदि“दा हामीले सेवाग्राहीलाई दिने जवाफ समेत
हु“दैन ।’ कार्यालय गएको दिन पनि दुईदेखि तीन घण्टा भन्दा बढी उनी कार्यालय नबस्ने कर्मचारीहरु बताउँछन् ।
मंगलपुर गाविस चितवन जिल्लाका ३६ गाविसमध्ये सबैभन्दा बढी सेवाग्राहीको चाप हुने गाविस हो । मंगलपुरमा २० हजार भन्दा बढी जनसंख्या रहेको छ । गाविसमा महिनामा पा“च सय भन्दा बढी सेवाग्राही जाने गरेका छन् । गाविसबाट घटना दर्तादेखि विकास निर्माणको कामसम्म हुने गर्छ । जन निर्वाचित प्रतिनिधि नहु“दा गाविसको हरेक काम तथा क्रियाकलापको जिम्मेवारी सचिवको हातमा हुन्छ । तर, सचिव गौतम भने जिम्मेवार नभएका स्थानीयको गुनासो छ ।
मंगलपुर गाविसका सचिव गौतम भने आफ्नो जिम्मेवारी धेरै भएको कारण पूरा समय कार्यालयलाई दिन नसकेको दावी गर्छन् । कागजी काम गाविसका कर्मचारीहरुले गर्ने र आफूले अन्तिममा रुजु गराएर हस्ताक्षर गर्ने भएकोले गाविसमा पूरा समय नबस्दा पनि सेवाग्राहीलाई मर्का नपरेको उनको तर्क छ ।
आफूभन्दा तल्ला तहका कर्मचारीले गरेको गुनासोमा उनले  बिदा स्वीकृत गाविसबाट नभइ जिल्ला विकास समितिको कार्यालयबाट गर्ने भएकोले आफूले कर्मचारीहरुलाई सोध्न जरुरी नभएको जवाफ दिए । ‘कामको चाप भएको समयमा पूर्व सूचना दिने गरेको छु’ उनले भने– ‘कामै नभएको समयमा सूचना दिन जरुरी छैन ।’
उनले आफूले कार्यभार सम्हालेपछि गाविसको आर्थिक क्रियाकलापमा कडाइ गरेकोले कर्मचारीहरु चिढिएका समेत दाबी गरे । सचिव गौतमले मंगलपुर गाविसको कार्यभार सम्हालेको १५ महिना पुगेको छ । २०७१ जेठ महिनाबाट उनले अवकाश पनि पाउ“दै छन् ।