«

»

झडपमा संलग्न छैनौँ ः उवासंघ

ubasangसञ्चारपत्र सम्वाददाता
नारायणगढ, १३ भदौ
उद्योग वाणिज्य संघ–चितवनले आइतबार नारायणगढको पुल्चोकमा बन्दकर्ता र स्थानीय व्यवसायीबीच भएको झडपमा संघको कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ । संघका कार्यबाहक अध्यक्ष सहनलाल प्रधानले प्रेस विज्ञप्ति जारी गरी घटनाप्रति संघको ध्यानाकर्षण भएको जनाएका छन् ।


विज्ञप्तिमा उद्योगी तथा व्यवसायीहरुको प्रतिनिधिमूलक संस्था उद्योग वाणिज्य संघ–चितवन सदैव बन्द र हड्ताल जस्ता कार्यक्रमहरु हुनुहु“दैन भन्ने मान्यतामा अडिग रहेको उल्लेख छ । देशको अर्थ व्यवस्थालाई नै धरासायी बनाउने बन्द तथा हड्ताल जस्ता कार्यक्रमहरुको विकल्प खोजी आगामी दिनमा त्यस्ता कार्यक्रमको आयोजना नगर्न समेत संघले आग्रह गरेको छ ।
संघले वर्तमान जटिल संक्रमणकालिन अवस्थामा सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, संघ संस्थालाई अत्यन्त संवेदनशील भई सदियौं देखिको जातिय र क्षेत्रिय एकता कायम राख्न पनि अनुरोध गरेको छ ।