«

»

सक्षम उपमहानगरपालिका बनाउँछु ः कार्यकारी अधिकृत बराल


nagarpalika 1सञ्चारपत्र सम्वाददाता

भरतपुर, १४ भदौ
भरतपुर उप–महानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत महेश बरालले उप–महानगरपालिकालाई सक्षम बनाउन सरोकारवालासँग सहकार्य गरिने बताएका छन् ।
चितवनका पत्रकारहरु–सँगको भेटघाटका क्रममा उनले नगरपालिकाको आन्तरिक आय वृद्धि गर्न करको दायरा बढाउन छलफल थालिने बताए ।

नगर क्षेत्रको विकासका पूर्वाधार विकासमा आवश्यक बजेट न्यून रहेकाले स्रोत खोजी गर्न सरोnagarpalikaकारवालासंग सहकार्य गरिने उनको भनाई थियो । उप–महानगरपालिकामा विकास भएपनि पर्याप्त बजेट नहुँदा विकासका पुर्वाधार सम्पन्न गर्न कठिन हुने गरेको छ । उनले भने– ‘दातृ निकायका सहयोग सद्भाव ल्याउन प्रयत्नशिल रहनेछु ।’
भरतपुर उप–महानगरपालिकालाई अन्तराष्ट्रिय स्तरमा परिचित गराउन अन्तराष्ट्रिय रुपमा भाइचाराको सम्बन्ध विकास गरिने बताए । उनले चाडै २ वर्षे साझा दृष्टिकोण सार्वजनिक गर्दै समुन्नत नगरपालिका बनाउन लागिपर्ने बताए ।
यसअघिको विवादित विषयहरुमा आफु संस्थागत जिम्मा लिन तयार रहेपनि व्यक्तिगत रुपमा जिम्मेवार नलिइ तटस्थ बस्ने उनले जानकारी दिए । नक्शापासको बारेमा छिट्टै नै कार्यविधि तयार पारेर अघि बढ्ने भन्दै बरालले बालमैत्री र वातावरणमैत्री उपमहानगरपालिका बनाउन जोड दिने समेत बताए ।
उपमहानगरपालिका आर्थिक हिसाबले सक्षम र बलियो नभएको भन्दै बरालले आर्थिक नीतिलाई प्रभावकारी बनाउन पैसा, सरकारको बल वा सुरक्षा तथा सामाजिक क्षेत्रको उर्जालाई समन्वय गरेर अगाडि बढ्न आवश्यक उल्लेख गरे । यहाँको फोहोर व्यवस्थापनको
उपमहानगरपालिकाको समस्या, कमी कमजोरी र सुझावहरुको बारेमा जानकारी लिने उद्धेश्यले पत्रकारहरुसँग कार्यकारी अधिकृतले भेटघाट गरेका हुन् । यसअघि चितवनका राजनीतिक दलहरुसँग उनले भेटघाट गरेका थिए । भेटघाट कार्यक्रममा पत्रकारहरुले उपमहानगरपालिकाभित्र गुनासो सुन्ने निकाय र कर्मचारी तोकिनु पर्ने, सञ्चारमाध्यमलाई दिने विज्ञापनहरु समानुपातिक तरिकाबाट वितरण गरिनुपर्ने लगायतका सुझाव दिए ।
नेपाल पत्रकार महासंध चितवन शाखाका अध्यक्ष हरिप्रसाद पोख्रेलले शाखाको अवस्था र चितवनको पत्रकारिताबारे कार्यक्रममा जानकारी गराएका थिए । स्थानीय पत्रकारको क्षमता अभिवृद्धिसँगै पत्रकार महासंघको संस्थागत विकासमा उपमहानगरपालिकाले पर्याप्त सहयोग नगरेको अध्यक्ष पोखरेलले गुनासो गरे । स्थानीय सञ्चारमाध्यमको संरक्षण संवद्र्धन गर्ने दायित्व उपमहानगरपालिकाको पनि भएकाले यहाँबाट वितरित हुने सूचनामूलक विज्ञापन आलोपालो ढंगले सबै सञ्चारमाध्यमलाई दिनुपर्ने उनले माग राखे । महासंघको भवन निमार्णको काम भइरहेको र यसलाई सूचना केन्द्रको रुपमा विकास गर्ने योजना भएको पनि उनले जनकारी गराए ।