«

»

चितवनका भूकम्प प्रभावित क्षेत्रमा एमालेका स्वयंसेवक परिचालन

नेकपा एमाले चितवन को स्वयंसेवक अभियान अन्तर्गतको जनताको दुखमा साथ दिन भन्दै एमालेको एक स्वयमसेवक टोलि

नेकपा एमाले चितवन को स्वयंसेवक अभियान अन्तर्गतको एक स्वयमसेवक टोलि

चितवन, १६ जेठ ः

बैशाख १२ को महाभूकम्प र त्यसपछिका पराकम्पनबाट बढी क्षति भएका चितवनका चार पहाडी गाविसमा नेकपा (एमाले) चितवनले स्वयंसेवक परिचालन गरेको छ । एमालेले चितवनका भूकम्पबाट बढी प्रभावित दारेचोक, काउले, सिद्धी र लोथरमा स्वयंसेवक परिचालन गरेको हो ।
पार्टीले एक गाउँ विकास समितिमा तीन वटा समूहका दरले १२ समूह निर्माण गरी परिचालन गरिएको पार्टी अध्यक्ष जे.एन.थपलियाले बताउनुभयो । उहाँका अनुसार प्रत्येक समूहमा एक जना स्वास्थ्यकर्मीसहित युवा, विद्यार्थी, महिला, किसान, मजदुरको प्रतिनिधित्व रहेको छ । समूह १० जनाका दरले निर्माण गरिएको छ । चार गाविसमा जाने १२ वटै समूहको जिल्ला कमिटिका सदस्यहरुले संयोजन गरेका छन् ।
अहिले परिचालित समूहले एक हप्तासम्म कार्य गर्ने र उक्त टोलीको ठाउँमा पुनः अर्काे हप्ता अर्काे टोली पठाउने व्यवस्था गरिएको पनि उहाँले जानकारी दिनुभयो ।
स्वयंसेवकहरुले भत्किएका घरहरुबाट खाद्य सामग्रीहरु सुरक्षीत रुपमा बाहिर निकाल्ने, पुरिएका पशुपंक्षी भए सुरक्ष्ाित रुपमा गाड्न सहयोग गर्ने, गाउँघरमा उपलब्ध स्रोत साधनको प्रयोग गरी अस्थायी घर टहरा निर्माण गर्ने, पीडित परिवारको बालीनाली गोडमेल, थन्काउने र नयाँ बाली लगाउने कार्यमा सहयोग गरिरहेको एमाले चितवनका प्रचार बिभाग प्रमुख अरुण पिडित भण्डारीले बताउनुभयो ।
स्वयंसेवक टोलीमा खटिई जानेहरुको लागि आवश्यक रासन तथा खाद्य सामग्री पार्टीले नै व्यवस्था गरेको भण्डारीले जानकारी दिनुभयो । स्वयम्सेवा अभियानको शनिवार केन्द्रीय अनुगमनकर्ता एवम् पार्टीका स्थायि कमिटिका सदस्य छविलाल विश्वकर्मा, सभासद कृष्ष्ण भक्त पोख्रेलले क्षेत्र नम्वर ३ मा र केन्द्रिय सदस्य कृष्ण खनाल,जिल्ला अध्यक्ष जेएन थपलिया, जेपी भेटवाल लगायतले क्षेत्र नम्वर १ र २ मा अनुगमन गनुृभएको छ ।