«

»

भूकम्प पीडितलाई अस्थायी टहरा बनाइदै

सञ्चारपत्र सम्वाददाता
भरतपुर, २५ जेठ
नेकपा एमालेले परिचालन गरेको राष्ट्रिय स्यम् सेवक अभियान अन्र्तगत कविलास गाविसमा खटिएको टोलीले त्यहाँका भूकम्प पीडितका लागि घर तथा टहरा निर्माणको काम गरेको छ ।
नेकपा एमाले जिल्ला कमिटी उपसचिव पार्वती रावलको नेतृत्वमा कविलास गाविस वडा नंं २ मा खटिएको टोलीले सो क्षेत्रको स्याउली र सिम्पानीमा भत्केका घरको पुनर्निर्माण र घर भित्र पुरिएका सामग्रीको व्यवस्थापनको काम गरेको छ । सो क्षेत्रमा शनिबारदेखि खटिएको १५ जनाको टोलीले अहिलेसम्म १० वटा घरको पुनर्निर्माण गरिसकेको उपसचिव पार्वती रावलले जानकारी दिइन् ।
भूकम्पले बिजुलीको तार ढलाएर गाउँ नै अँध्यारो भएको र बिजुली आपूर्ति समेत नभएकोले प्राधिकरणको टोली बोलाएर विद्युत आपूर्ति गर्ने काम गरेको छ । सो क्षेत्रमा भूकम्पले १८ घरमा पूर्ण क्षति पु¥याएको र गाउँलेहरुलाई बसोबासको व्यवस्था मिलाउन एमालेको टोलीले काम गरिरहेको उपसचिव पार्वती रावलले जानकारी दिइन् ।