«

»

गुरुकुल र बाल्मिकी विजयी

सञ्चारपत्र सम्वाददाता
भरतपुर, ८ पुस
भरतपुरमा जारी शिव पौडेल स्मृति अन्तर कलेज टि २० क्रिकेट प्रतियोगितामा मङ्गलबार भएका खेलमा गुरुकुल कलेज भरतपुर र बाल्मिकी कलेज भरतपुर बिजयी भएका छन् ।
मङ्गलबारको पहिलो खेलमा गुरुकुल कलेज भरतपुरले जिएमआई एकेडेमी भरतपुरलाई ६ विकेटले पराजित ग¥यो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जिएमआई एकेडेमी १२ दशमलव ५ ओभरमा आफ्ना सबै विकेट गुमाउँदै ७२ रनमा समेटिन पुग्यो ।
७३ रनको विजय लक्ष्य पाएर मैदान प्रवेश गरेको गुरुकुलले १३ दशमलव २ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पूरा ग¥यो । गुरुकुल कलेजका लागि म्यान अफ दि म्याच घोषित सुदर्शन न्यौपानेले तीन ओभर बलिङ गर्दै १५ रन खर्चेर पाँच विकेट लिए ।
त्यस्तै मङ्गलबार भएको दोश्रो खेलमा बाल्मिकी कलेज भरतपुरले प्रेरणा उच्च माविलाई एक विकेटले पराजित ग¥यो । टस जितेर पहिले ब्याटिङ गरेको प्रेरणा उच्च माविले पूरा १५ ओभर खेलेर आठ विकेटको क्षतिमा ८१ रन बनाएको थियो ।
८२ रनको लक्ष्य पाएको बाल्मिकीले निकै प्रष्पिर्धात्मक रुपमा पूरै ओभर खेलेर नौ विकेटको क्षतिमा लक्ष्य पूरा ग¥यो । बाल्मिकीका लागि सुविन कँडेल म्यान अफ दि म्याच भए ।
मङ्गलबारको खेल समय अभावका कारण १५ ओभरमा छोट्याईएको प्रतियोगिताका सञ्चार संयोजक प्रकाश श्रेष्ठले बताए । प्रतियोगिता अन्तरगत बुधबार न्यू ओयसिस एकेडेमी र युटेक कलेज भरतपुर तथा एनपिआई सिटिईभिटी र भ्यालि स्टेट भरतपुरबीच प्रतिष्पर्धा हुने सञ्चार संयोजक श्रेष्ठले जानकारी दिएका छन् ।