«

»

माघ ८ मै संविधान ः घिमिरे

सञ्चारपत्र सम्वाददाता

भरतपुर, १७ मंसिर
संविधान सभाका सभासद रामकृष्ण घिमिरेले सकेसम्म प्रक्रियामा र नभए बहुमतीय पद्दतीमा गएरै भएपनि आगामी माघ ८ गतेभित्रमा नै जसरीपनि संविधान जारी गर्न नेपाली का“ग्रेस लागिरहेको बताएका छन् ।
नेपाल विद्यार्थी संघ मैया“देवी कन्या कलेज इकाईको आयोजनामा बुधबार भएको वनभोज कार्यक्रममा सभासद घिमिरेले सत्ता साझेदार एमालेलाई समेत सकारात्मक बनाएर नेपाली का“ग्रेसले माघ ८ मा नया“ संविधान जारी गर्नका लागि आवश्यक गृहकार्य गरिरहेको दावी गरे । उनले आगामी संविधानलाई महिला र सबै वर्ग र समुदायमैत्री बनाउनका लागि नेपाली का“ग्रेस लागिरहेको उल्लेख गर्दै निर्धारित समयमा नै संविधान जारी गर्न नदिनका लागि एकीकृत माओवादीले बखेडा झिकिरहेको र नया“—नया“ विषयमा विवाद गरिरहेको आरोप लगाए ।
सोही कार्यक्रममा नेपाली का“ग्रेस, चितवनका सभापति टेकप्रसाद गुरुङले निर्धारित समयमा नै जनपक्षीय र लोकतान्त्रिक संविधान निर्माण गर्न दबाब दिन विशेषगरी देशका सचेत वर्गका रुपमा रहेका विद्यार्थीहरु क्रियाशील हुनुपर्ने बताउ“दै विद्यार्थीहरु त्यसमा पनि महिलाहरु सक्रिय भएका देशमा ठूला—ठूला परिवर्तनपनि सम्भव रहेको विचार ब्यक्त गरे ।
नेविसंघ, मैया“देवी कन्या कलेज इकाईका अध्यक्ष कल्पना पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली का“ग्रेस, चितवनका सचिव जीतनारायण श्रेष्ठ, जिल्ला सदस्य सरिता के.सी., पूर्व सा“सद जगन्नाथ पौडेल, नेविसंघका केन्द्रीय सदस्य उत्तम जोशी, जिल्ला अध्यक्ष सूर्य ढकाल, मैया“देवी कन्या कलेजका प्राचार्य कृष्णप्रसाद न्यौपाने, प्रसुभा देवकोटालगायतले मन्तव्य ब्यक्त गरेका थिए ।
कन्या कलेजका छात्राहरुसहित नेपाली का“ग्रेस र भातृ संघसंगठनको विभिन्न तहमा रहेका नेताहरुसमेत गरी सो वनभोज कार्यक्रममा ३ सय भन्दा बढीको सहभागिता रहेको इकाई अध्यक्ष पौडेलले जानकारी दिइन् ।