«

»

Sajha Sawal Episode 236: New Constitution and Prosperous Nepal

दलहरुबीचको पछिल्लो सहमतिसँगै नयाँ संविधान बन्ने निश्चित भएको थियो । जेठ १४ नजिकिदैं गर्दा विभिन्न पक्षहरू पछिल्लो सहमतिको विरूद्धमा आन्दोलनरत रहदाँ पनि नयाँ संविधान जारी हुने आशा मरेको छैन । नयाँ नेपाल बनाउने नारा बोकेर ६२/६३ को आन्दोलनमा होमिएका नेता र नागरिक, नयाँ संबिधान बन्ने र समुन्नत नेपाल बन्नेमा कत्तिको आशावादि छन् त? के अब बन्ने नयाँ संविधानले ६ वर्ष अघिको जनआन्दोलनमा व्यक्त जनभावना अनुसारको नयाँ नेपाल बन्ने ढोका खोल्न सक्ला?
साझा सवालमा छलफलका लागि हामीसँग हुनुहुन्छ — ए नेकपा माओवादीका सभासद लोकेन्द्र विष्ट, नेपाली काङ्ग्रेसका सभासद मनमोहन भट्टराई र मधेस जनअधिकार फोरम लोकतान्त्रिकका प्रवक्ता जितेन्द्र देव ।