«

»

आईएसएमटी र वीरेन्द्र कलेज विजयी

सञ्चारपत्र सम्वाददाता
भरतपुर, ५ पुस
भरतपुरमा जारी शिव पौडेल स्मृति अन्तरकलेज टि २० क्रिकेट प्रतियोगितामा शनिबार भएका खेलमा आईएसएमटी कलेज भरतपुर र वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुर विजयी भएका छन् । शनिबार भएको पहिलो खेलमा आईएसएमटी कलेज भरतपुरले अर्किड साइन्स्

कलेजलाई ५९ रनले पारजित ग¥यो । आईएसएमटी कलेज भरतपुरले पेश गरेको ११० रनको विजय लक्ष्य पछाएको अर्किड कलेज १२ ओभरमा ५१ रनमा समेटियो । आईएसएमटी कलेजका लागि ‘म्यान अफ द म्याच’ घोषित दीपेन्द्र कार्कीले ४३ रन बनाए भने बलिङ तर्फ २ ओभरमा ३ विकेट लिए ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको आईएसएमटी निर्धारित १६ ओभरमा ४ विकेट गुमाएर १०९ रन बनाएको थियो । लगातार दुई खेलमा हारेपछि अर्किड कलेज प्रतियोगिताबाट बाहिरिएको छ ।
बाक्लो हुस्सुका कारण ढिला गरी सुुरू भएको खेल १६ ओभरमा घटाइएको थियो । त्यस्तै शनिबारै भएको दोश्रो खेलमा वीरेन्द्र बहुमुखी क्याम्पसले सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुरलाई ७ विकेटलेपराजित ग¥यो । सप्तगण्डकी बहुुमुखी क्याम्पसले दिएको ७९ रनको विजय लक्ष्य ११ओभर १ बलमा ३ विकेट गुमाएर पूरा ग¥यो ।
वीरेन्द्र बहुमुखी क्याम्पसका तर्फबाट खेलेका राष्ट्रिय खेलाडी राजेश पुलामीले २७ रन तथा मेहबुब आलमले १३ रन बनाए । उत्कृष्ट बलिङ गरेका ‘म्यान अफ द म्याच’ घोषित आलमले ४ ओभरमा ५ रन दिएर ४ विकेट लिए ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको सप्तगण्डकीले १७ ओभर ५
बलमा अलआउट हँुदै ७८ रन बनाएको थियो । प्रतियोगिताअन्तर्गत आइतबार हुने खेलमा ग्रेस एकेडेमी भरतपुर र एनपीआई सीटीईभीटी तथा अक्सफोर्ड कलेज गैँडाकोट र आईएसएमटी कलेज भरतपुर भिड्ने सञ्चार संयोजक प्रकाश श्रेष्ठले जानकारी दिए ।