«

»

आज तेस्रो चरणको खेल

सञ्चारपत्र सम्वाददाता
रत्ननगर, १७ मंसिर
पूर्वी चितवनको रत्ननगरमा जारी अन्तरकलेज बास्केटबल प्रतियोगिता अन्तर्गत बुधबार चारवटा खेल भएका छन् ।
चितवन बास्केटबल संघको आयोजनामा भएको प्रतियोगिताको बुधबारको खेलमा अलमाइटी, वन तथा कृषि विश्वविद्यालय रामपुर, युटेक र बीरेन्द्र क्याम्पस बिजयी भए ।
पहिलो खेलमा अलमाइटीले बोस्टन कलेजलाई ६९–१५ अङ्कले पराजित गर्दै पहिलो जीत दर्ता गरायो । त्यस्तै, दोश्रो खेलमा डेजी उच्च माविलाई रामपुरले ५८–१९ अङ्कले पराजित गर्दा तेस्रो खेलमा युटेकसँग बालकुमारी कलेज ५७–३१ अङ्कले हार व्यहो¥यो । प्रतियोगिताको चौंथो खेलमा बीरेन्द्र क्याम्पसले न्यू क्यापिटल कलेजलाई ३०–२३ अङ्कले पराजित गरेको थियो ।
न्यू क्यापिटल कलेजमा जारी प्रतियोगिताको तेस्रो चरणको खेल बिहीबार विहान ९ बजेपछि सुरु हुने आयोजकले जनाएको छ ।