«

»

बोष्टन कलेजको प्रोजेक्ट : म्यानेजमेन्ट कार्यशाला

सञ्चारपत्र सम्वाददाता
भरतपुर, १७ मंसिर
र्आिर्थक समृद्धितर्फ उन्मुख विभिन्न संस्थामा देखिएका समस्या हल गर्नेबारे प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी तीन दिने कार्यशाला भरतपुरमा सम्पन्न भएको छ ।
व्यवस्थापन संकाय आठौं सेमेष्टरका विद्यार्थीलाई लक्षित गरी बोष्टन इन्टरनेशनल कलेजले प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी तीन दिने कार्यशाला आयोजना गरेको हो ।
बिबिए तथा बिबिए बिआई सङ्कायका विद्यार्थीलाई दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ बोष्टन इन्टरनेशनल कलेजले नेपालमा नै पहिलो पटक तीन दिने कार्यशाला आयोजना गरेको कलेजका कार्यकारी निर्देशक राजु लामाले जानकारी दिए ।
कार्यशालामा सोही कलेजका प्राचार्य आनन्दबहादुर चन्द र कार्यक्रम संयोजक मोहित सिंह ठगुन्नाले प्रशिक्षण दिएका थिए ।
उक्त कार्यशालामा आयोजना छनौट गर्ने विधि तथा उद्देश्यहरु, सरोकारवालाको विश्लेषणबाट समस्या पहिचान, समस्या निराकरणका उपाय र रणनीति एवम् रणनीति कार्यान्वन गर्ने क्रियाकलाप र कार्यतालिका लगायतका विषयमा प्रशिक्षण दिइएको थियो ।
प्रशिक्षकद्वयले प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी प्रशिक्षण दिँदा हावर्ड विश्वविद्यालयद्वारा निर्मित ईन्टरनेशनल म्यानेजमेन्ट डेभलप्मेन्ट प्रोग्रामलाई मुख्य आधार बनाएका थिए । कार्यशालामा सहभागी ३० जना विद्यार्थीले जुनसुकै उद्योगको जस्तो खालका व्यवस्थापकीय समस्या पनि हल गर्न समक्ष हुने कलेजको विश्वास छ ।