«

»

कम्प्युटर र प्रोजेक्टर प्रदान

गैडाकोट, ५ साउन । नवलपरासीको गैंडाकोटमा रहेको अक्सफोर्ड कलेजले चितवनका विभिन्न विद्यालय र सामाजिक संस्थाहरुलाई सोमबार एक कार्यक्रम गरि दुई थान कम्युटर, एक थान प्रिन्टर र दुई थान प्रोजेक्टर प्रदान गरेको छ ।
कलेजका प्राचार्य इन्जिनियर हरि भण्डारीका अनुसार कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तरगत कलेजले दिवाकर स्मृति विद्यालय माडी र माडी माविलाई कम्प्युटर प्रदान गरेको हो ।
त्यस्तै, उमावडी आदर्श शेरचन मावि दिव्यनगरलाई एक थान प्रिन्टर तथा प्रभात उच्च मावि शुक्रनगर र भरतपुर ११ बसेनीको चेन्जिङ्ग नेप्लिज मिसन नामको संस्थालाई एक÷एक थान प्रोजेक्टर हस्तातरण गरिएको हो ।