«

»

सम्बन्ध सुमधुर बनाउन गुरुङको भेला

भरतपुर, १ चैत
बौद्ध धर्म सेवा समिति महाबौद्ध गुम्बा भरतपुरले सोमबार भरतपुरमा भेटघाट कार्यक्रम गरेको छ । चितवन जिल्लामा रहेका सम्पूर्ण गुरुङ समुदायका अगुवाहरुबीचको सम्बन्धलाई सुमधूर बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बौद्ध धर्म सेवा समिति चितवनका अध्यक्ष गणेशबहादुर गुरुङले जानकारी दिएका छन् ।
अरु समयमा सबै आ–आफ्नो संस्थाको कामकर्तव्यमा व्यस्त भइरहनुपर्ने हुनाले विशेष रुपमा अन्य दिनको थकान र तनाबलाई विर्साउनका लागि पनि कार्यक्रमको आयोजना गरिएको अध्यक्ष गुरुङको भनाइ छ । जिल्लामा भएका सबै संघसंस्थाले हरेक वर्ष पालैपालोसँग यस्ता कार्यक्रमको आयोजना गर्न सके अझ राम्रो हने उनले सुझाव दिए ।
यस्तै कार्यक्रममा तमू ह्युल छोंज धीं, गुरुङ राष्ट्रिय परिषद् चितवनका अध्यक्ष सन्तलाल गुरुङले जिल्लामा गुरुङहरुको थुपै्र संघसंस्था भए पनि यसरी एकै ठाउँमा भेटघाट गर्ने समय मिलाउन भने नसकेकोले आजको यस कार्यक्रमले मह¤वपूर्ण भूमिका निर्वाह गरेको बताए । यस्ता खालका कार्यक्रमले कोही कसैको बीचमा मनमुटाब भए पनि मिलाउने भूमिका निभाउने आदिवासी जनजाति महिला महासंघ चितवनकी अध्यक्ष भैंखु गुरुङले बताइन् ।
कार्यक्रममा चितवन जिल्लाका विभिन्न केन्द्रदेखि इकाईसम्मका संघसंस्थाहरुको प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।