«

»

नविका चिल्डे«न पार्क सञ्चालनमा

सञ्चारपत्र सम्वाददाता
नारायणढ, ५ साउन
बालबालिकाहरुलाई कर तथा डरबाट गरिँदै आएको शिक्षाको अन्त्य गर्दै हाँस्दै खेल्दै सिक्ने परिपाटीको विकास गर्ने उद्देश्यले नारायणगढमा सोमबारदेखि नविका चिल्डे«न पार्क सञ्चालनमा ल्याईएको छ ।
नारायणगढको चमेली बिग बजारमा रहेको उक्त पार्कमा बालबालिकाको शारिरीक, मानसिक तथा स्वास्थ्यको दृष्टीले उपयुक्त वातावरणमा बिभिन्न किसिमका मनोरञ्जनात्मक खेलहरु खेल्ने व्यवस्था गरिएको छ । बल पुल, कोकनट ट्री, डाईनोसर, विभिन्न किसिमका गाडीहरुको रोमाञ्चक खेलहरुको रमाईलो वातावरण रहेको छ ।
चिल्डे«न पार्क सञ्चालनको अवसरमा उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष कल्याण जोशीले हालको अवस्थामा अभिभावकहरु बिभिन्न किसिमका अप्रिय घटनाहरुले त्रसित देखिएका र आफ्ना बालबालिकाहरुलाई बाहिर खेल्न पठाउन नचाहने मनस्थितिमा रहेकामा यस पार्कले अभिभावकको चिन्ता हटाएको बताए ।
त्यस्तै, प्याब्सन चितवनका अध्यक्ष बेल बहादुर गुरुङले यस किसिमको बालउद्यानले बालबालिकाको शारिरीक, मानसिक र स्वास्थ्यमा पनि राम्रो प्रभाव पार्ने बताए । पार्कमा खेल खेल्नका लागि निश्चित शुल्क तोकिएको छ । एक घण्टाको दुई सय लाग्ने पार्कमा तीन सय रुपैयाँ तिरेपछि दिनभरी खेल्न सकिने पार्कका सञ्चालक नविन विकले बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष हरि प्रसाद पोखरेल, घरबहाल उपभोक्ता मञ्च चितवनका अध्यक्ष श्रीराम गिरी, स्मार्ट किड्सकी सञ्चालक देवी आचार्य लगायतले मन्तव्य राखेका थिए ।