«

»

सर्वोच्चका बरिष्ठ अधिवक्ताको खुलासा

Bar News Pic

५८ औं बार स्थापना दिवसको अवसरमा बार चितवनले सोमबार भरतपुरमा आयोजना गरेको ‘भावी संविधानमा न्यायपालिका’ विषयक अन्तक्र्रियाका सहभागी । तस्बिर सौजन्यः अधिवक्ता विनोद मिश्र

‘केही भ्रष्टहरुको प्रवेशले न्यायपालिकामा विकृति भित्रिदै’
सञ्चारपत्र सम्वाददाता
भरतपुर, ७ पुस
सर्वोच्च अदालतका बरिष्ठ अधिवक्ता जगन्नाथ पौडेलले न्यायपालिकामा ‘केहि भ्रष्टहरुको प्रवेशले विस्तारै विकृति भित्रिन थालेको’ बताएका छन् ।
५८ औं बार स्थापना दिवसको अवसरमा चितवन जिल्ला अदालत बार एशोसियसनले सोमबार भरतपुरमा आयोजना गरेको ‘भावी संविधानमा न्यायपालिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा बरिष्ठ अधिवक्ता पौडेलले राजनीतिक भागबण्डाको आधारमा नभई प्रतिष्पर्धाको आधारमा न्यायाधीस नियुक्ति गर्नुपर्ने धारणा राखे ।
माघ ८ मा जसरी भए पनि संविधान बन्नुपर्ने सर्वोच्चका वरिष्ठ अधिवक्ता पौडेलको भनाई थियो । देशमा अब अर्को संविधानसभा निर्वाचन हुन नसक्ने भन्दै उनले दुई तिहाई प्रकृयामा गएर भए पनि संविधान ल्याउनुपर्ने विचार व्यक्त गरे ।
बार एशोसियन चितवनका अध्यक्ष चुडामणि सापकोटाले न्यायपालिका स्वतन्त्र नभए सम्म न्याय प्रदान गर्न नसक्ने बताए । न्यायपालिकालाई स्वतन्त्र बनाउन सकिएन भने मानव अधिकारको हनन् हुने उनले बताए । अहिले सर्वोच्च अदालतलाई विवादमा तान्ने काम भइरहेको भन्दै सापकोटाले सर्वोच्च अदालतलाई नै संवैधानिक अदालतको रुपमा स्थापित गर्नु पर्ने धारणा राखे ।
कार्यक्रममा नेपाली काँग्रेस चितवनका कार्यबाहक सभापति भूपतिदास सापकोटा, नेकपा एमाले चितवनका अध्यक्ष जगन्नाथ थपलिया, एनेकपा माओवादी चितवनका इन्चार्ज यमबहादुर परियार, नेकपा–माओवादीकी अम्बिका मुडभरी, राप्रपा नेपाल चितवनका अध्यक्ष बद्री तिमिल्सिना, राप्रपाका हरि भट्टराईले भावी संविधानमा न्यायपालिकाको भूमिका कस्तो हुनुपर्छ भन्ने बारेमा आफ्ना विचार राखेका थिए ।
चितवनका प्रमुख जिल्ला अधिकारी मान बहादुर विके, बार चितवनका निवर्तमान अध्यक्ष राजकुमार श्रेष्ठ, पूर्व अध्यक्षहरु गोविन्द सिग्देल र धर्मराज आचार्यले त्यस अवसरमा मन्तव्य राखेका थिए । वक्ताहरुले न्यायपालिकालाई स्वतन्त्र र राजनीतिक हस्तक्षेप बिना अगाडि बढ्न दिनुपर्नेमा जोड दिएका थिए ।
कार्यव्यस्तताका कारण कार्यक्रममा उपस्थित हुन नसकेपछि जिल्ला न्यायाधीसहरु विनोद मोहन आचार्य, अनन्तराम डुम्रे र हिमलाल बेल्वासेले पठाएको शुभकामना अदालतका स्रेस्तेदार उपसचिव विद्याराज पौडेलले प्रस्तुत गरेका थिए ।
त्यस अवसरमा चितवन जिल्ला अदालत बार एशोसियनमा रही विशेष योगदान पु¥याउने बार चितवनका पूर्व सदस्यहरु अभिवक्ता पदम कुमार श्रेष्ठ र अभिवक्ता नारायणदत्त गौतमलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रहरी बरिष्ठ उपरीक्षक रमेश खरेल, सशस्त्र प्रहरीको सिमा सुरक्षा बल चितवनका प्रमुख प्रहरी उपरीक्षक शम्भु प्रसाद उप्रेतीलगायतको उपस्थिति थियो । चितवन जिल्ला अदालत बार एशोसियसनका अध्यक्ष चुडामणि सापकोटाको अध्यक्षतामा भएको उक्त अन्तक्र्रिया कार्यक्रमको सञ्चालन सचिव नुनराज सिलवालले गरेका थिए भने कोषाध्यक्ष लक्ष्मी पाठकले स्वागत मन्तव्य राखेका थिए ।