«

»

आरोपित रामप्रसाद पुनः पक्राउपछि रिहा

तिलकराम रिमाल
भरतपुर, ६ पुुस
गोरखाका कृष्ण प्रसाद अधिकारीको हत्या आरोपमा पुनः पक्राउ परेका रामप्रसाद अधिकारीलाई चितवन जिल्ला अदालतले आइतबार धरौटी र तारेखमा छोडेको छ । दोस्रो पटक पक्राउ परेका अधिकारीलाई आइतबार प्रहरीले चितवन जिल्ला अदालतमा हाजिर गराएको थियो ।
जिल्ला न्यायाधीश विनोदमोहन आचार्यको एकल इजलासले अधिकारीलाई नगद २७ हजार रुपैयाँ धरौटी र तारेखमा छाड्न आदेश गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) सहकुलबहादुर थापाका अनुसार नगद धरौटी र तारेखमा छाड्न अदालतले आदेश दिएपछि उनलाई रिहा गरिएको छ । अधिकारीलाई पहिलो तारिख पुस ११ गतेका लागि तोकिएको उपरीक्षक थापाले बताए ।
कृष्ण प्रसादको हत्या आरोपमा प्रहरीले रामप्रahdikariसादलाई शनिबार काठमाडौँबाट पुनः पक्राउ गरेको थियो । हत्या आरोपमा जाहेरी परेका ११ जनामध्ये प्रहरीले गतवर्ष भदौमा उनलाई पहिलोपटक पक्राउ गरेको थियो । रामप्रसादमाथि गोरखा, फुजेल–७ का कृष्णप्रसाद अधिकारीको हत्याको आरोप छ ।
यसअघि गतवर्ष भदौमा पक्राउ परेका रामप्रसाद अधिकारीलाई जिल्ला सरकारी वकिलको कार्यालय, चितवनले पर्याप्त प्रमाण नपुगेको भन्दै पुनः अनुसन्धान गर्न मुद्दा फिर्ता पठाएपछि अधिकारी २५ दिनको प्रहरी हिरासतबाट छुटेका थिए । दोस्रो पटकको मुद्दामा लामो समय फरार रहेका अधिकारीलाई शनिबार साँझ काठमाडौँको बालाजुबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी निरीक्षक रुगमबहादुर कँुवरले बताए । प्रहरी निरीक्षक कुँवरको नेतृत्वमा गएको टोलीले अधिकारीलाई पक्राउ गरेको हो ।
गोरखा फुजेलका १८ वर्षीय कृष्णप्रसाद अधिकारीलाई २०६१ जेठ २४ गते तत्कालीन माओवादी कार्यकर्ताले चितवनको बकुलहरचोकमा नियन्त्रणमा लिएपछि गोली हानी हत्या गरेका थिए । मृतकका बाबु नन्दप्रसाद अधिकारी र दाजु नुरप्रसाद अधिकारीले ११ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । जाहेरी परेको लामो समयसम्म मुद्दा अगाडि नबढेपछि न्यायका लागि कृष्ण प्रसादका बाबु नन्दप्रसाद र आमा गंगामायाले आमरण अनसन सुरू गरेका थिए ।
आमरण अनसनकै क्रममा नन्दप्रसाद अधिकारीले करिब तीन महिनाअघि वीर अस्पतालको शøयामा ज्यान गुमाएका थिए । उनकी श्रीमती गंगामायाले अनसन तोडेपछि अहिले उपचारको क्रममा वीर अस्पतालमै रहेकी छिन् ।
न्यायको माग गर्दै करिब एक वर्ष अनसनमै बिताएका नन्दप्रसादको अनसनरत अवस्थामै मृत्यु भएपछि अहिलेसम्म उनको अन्तिम संस्कार हुन सकेको छैन । मृतक नन्दप्रसादका जेठा छोरा नुरप्रसादले भाइ कृष्णप्रसादका हत्यारालाई कारबाही नभएसम्म आफ्नो बाबुको अन्तिम संस्कार पनि नगर्ने भन्दै सम्पर्कमा नआएपछि नन्दप्रसादको अन्त्येष्टि हुन नसकेको बताइएको छ ।