«

»

वाईसिएलको अनिश्चितकालीन वन्दले चितवन ठप्प

राजेन्द्र आचार्य

चितवन, १७ साउन । चन्दा प्रकरणमा पक्राउ परेका आफ्ना कार्यकर्तालाई सार्वजनिक मुद्दा चलाईएको विरोध एमाओवादी निकट योङग कम्युनिष्ट लिग वाईसिएलले आह्वान गरेको चितवन बन्दका कारण आज बिहानै देखि पूर्ण रुपमा प्रभाव परेको छ । वन्दका कारण जिल्लाका सडकहरुका साईकल र मोटरसाईकल वाहेकका कुनै पनि सवारी साधन चल्न सकेका छैन् । वाईसियलले बुधबार कार्यकर्ता रिहा नभए चितवननै ठप्प पार्ने चेतावनी अनुसार नै चितवन वन्द गरेका हुन् । वन्द भएसगै जिल्ला प्रहरी कार्यालय चितवनले शान्ति सुरक्षालाई मध्यनजर गर्दे चोक–चोकमा प्रहरी परिचालन गरेको प्रहरी उपरिक्षक प्रद्युन्न कार्कीले जानकारी दिए ।

पक्राउ परेका ६ जना कार्यकर्तालाई विनासर्त रिहा गर्नुको सटा प्रहरीप्रशासनले सावैजनिक मुद्दा चलाएकोले बाध्य भएर अनिश्चतकालीन चितवन ठप्प पार्नु परेको वाईसिएल चितवनका संयोजक ईश्वर सापकोटा सुमनले जानकारी दिए । आफ्ना कार्यकर्ताले जिल्ला अधिवेशनका लागी चन्दा मागेको भएपनि सामान्य विषय ठुलो बनाएर प्रहरीले मुद्दा गरेर वन्द सम्मको स्थितिमा लगेकोे सापकोटाले वताए । यसअघि बुधबारपनि वाईसिएलले कार्यकर्ता रिहाईको माग गर्दै २ घण्टा यातायात बन्द गराएको थियो । चन्दा असुल्दै गर्दा पक्राउ परेकाहरुलाई सार्वजनिक अपराध ऐन अन्र्तगत म्याद थप गरि कारवाही प्रक्रिया अगाडी बढाएको चितवनक प्रहरी प्रमुख प्रधुम्न कार्कीले वताए ।

मंगलबार साझ व्यापारीबाट जबरजस्ती चन्दा असुरल गरेको भन्दै प्रहरीले नारायणगढबाट एकीकृत माओवादीको भातृ संगठन वाईसिएलका ६ जना कार्यकर्तालाई पक्राउ गरेको थियो ।