«

»

बालमैत्री नगर बनाउन बाल भेला

सञ्चारपत्र सम्वाददाता
रत्ननगर, ५ पुस
रत्ननगरमा नगरस्तरीय बाल भेला भएको छ । नगरपालिकामा बालमैत्री स्थानीय शासन कार्यक्रम लागू भएपछि बालबालिकाका भावना समेटी नगरपरिषद्मा लैजान बालभेला गरिएको नगरपालिकाका सामुदायिक विकास शाखा प्रमुख तोरणराज पौडेलले जानकारी दिए ।
नगरपालिकालाई सन् २०१७ भित्र बालमैत्री नगर बनाउने उद्देश्यअनुरुप पनि भेला गरिएकाले उनीहरुको मनोभावना तथा अधिकार स्थापित हुने पौडेलले बताए ।
कार्यक्रममा सहजीकरणका क्रममा बालबालिकालाई मन पर्ने तथा नपर्ने, कहाँ सुरक्षित कहाँ असुरक्षित, बालमैत्री बनाउन के गर्ने भन्नेजस्ता विषयवस्तुहरु सुझावका रुपमा लिइएको थियो । सो क्रममा उनीहरुले विद्यालय जान सहयोग गर्नु पर्ने, वृक्षारोपण गर्नु पर्ने, रक्सी सेवन गर्ने प्रवृत्तिको अन्त्य गर्नु पर्ने, फोहोर व्यवस्थापनमा उचित ध्यान दिनुपर्नेलगायत सुझाव दिएका थिए ।
उनीहरुबाट आएका विषयबस्तुलाई आगामी नगरपरिषद्मा समेटी कार्यान्वयन गरिने नगरपालिकाका निमित्त कार्यकारी अधिकृत प्रकाशचन्द्र ढुङ्गानाले जानकारी दिए । रत्ननगर नगरपालिकाको १९ औं नगरपरिषद् पुसको अन्तिम साता हँुदैछ ।