«

»

रत्ननगर जेसीजमा नयाँ नेतृत्व

सञ्चारपत्र सम्वाददाता
रत्ननगर, ५ पुस
रत्ननगर जेसीजको अध्यक्षमा विश्वास रायमाझी चयन भएका छन् । जेसीजको शनिबार रत्ननगरमा सम्पन्न १६ औं अधिवेशनले सन् २०१५ का लागि रायमाझीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
नयाँ कार्यसमितिको कार्यकारी उपाध्यक्षमा प्रल्हाद पन्त र दीपेन्द्र शर्मा चापागाई तथा उपाध्यक्षहरुमा प्रदीप अधिकारी, अमितकुमार गुप्ता, नगेन्द्रराज पाण्डे र उमेश पुरी चयन भएका छन् । यसैगरी निर्देशकमा अमृत अर्याल, विजय खनाल, अमृत शर्मा र नवीन आचार्य, महासचिवमा नारायणबाबु श्रेष्ठ, कोषाध्यक्षमा सुवास पोखरेल चयन भएका छन् ।