«

»

व्यवसायिक कृषि अनि विषादीको हल्ला

bikash amatyaविकास अमात्य
हामी सधैँ कृषिलाई व्यवसायीकरण गर्न नसकेको आधुनिकिकरण गर्न नसकेको जस्तो कुराहरु वर्र्षै भरी गरिरहन्छौँ । तर हामी कहिले पनि योजना बनाएर कुनै पेशा, व्यवसाय वा कामको थालनी गर्दैनौँ । हल्लाको पछाडि लागेर अरुको देखा सिकिमा व्यापार व्यवसायमा जीवनभरको कमाई या पुख्र्यौली सम्पत्ति नै सिध्याएर पाटीबास हुनेहरुको सङ्ख्या पनि लामै छ । सरकारको तर्पmबाट न कहिल्यै योजनावद्ध व्यवसायिक, वा सामुहिक खेतीको अवधारणा ठोस रुपमा ल्याएको नै छ । सरकारको नीति, कार्यक्रम तथा बजेटमा आएको कुराहरु सबै सरकारी किताबहरुमानै सिमित हुने गरेको छ ।
सरकारले विभिन्न सहकारी अथवा कृषि बैकहरु मार्पmत किसान, वा व्यवसायिक खेती गर्नै लागि परेको वास्तबिक समूह र लक्षित वर्गमा साँच्चैनै उक्त कार्यक्रम वा रकम सदुपयोग भएको छ कि छैन भनि त्यसको अनुगमन गर्ने निकाय खै ? कुखरा पालन, माछा पालनको नाममा ऋण लिएर अरब, मलेसिया जानेको पनि हामीकहाँ कमी छैन । देशको बेरोजगार युवाहरुलाई कृषि तथा पशुपालन व्यवसायमा आकर्षित गराउन भनि प्रदान गरिने विभिन्न आर्थिक सहयोगहरु पनि पेशा व्यवसायको नाममा राजनीतिक दलका कार्यकर्ता पोस्ने माध्यम मात्र हुने गरेको छ ।
व्यवसायिक कृषि अनि पशुपालन गर्न सीपमुलक तालिम खै ? विभिन्न हाईब्रिड बिउ बिजनको कारण र बिदेशबाट सिकेको प्रबिधिको कारण अहिले हामीले अफ सिजन भनिने समयमा पनि बजारमा काउली, मुला, गाँजर, धनिया आदि सजिलैसँग प्राप्त गर्न सकिरहेका छौँ । अझै पहिले पहिले अफ सिजनमा फल्ने गरेका तरकारीहरुको बजार मूल्यले आकाश छोएको हुन्थ्यो भने अहिले सामान्य मूल्यमा नै हामीले प्राप्त गर्न सकिरहेका छौँ । त्यो सबै हुनुको कारण बजार बढ्नु, अनि छोटो समयमानै नगदको कारोबार भईरहनु पनि हो भने उपयुक्त प्रविधिले खेती गर्दा असम्भव भन्ने केहि पनि हुदैन रहेछ भन्ने जानकारी भए पश्चात कृषि पेशामा आर्कषण बढ्नु हो ।
प्लाष्टीकको छानो हालेर शुरुङ बनाएर गरिने खेतीलाई हिजो आज टनेल खेती भन्ने गरिन्छ । किसानहरुले आधुनिक समयमा आएर टनेल बनाएर बाँक्रा, टमाटर, गाँजर, धनिया, मुला, काउली आदि फलाएर राम्रै आय–आर्जन गरिरहेका छन् । तर वर्षै पिच्छे माटोको गुणस्तर कम हुदै गए पछि माटोको गुणस्तर बढाउन पनि त मलहरु चाहियो चाहे त्यो प्राकृतिक, प्रागारिक वा केमिकल युक्त नै किन नहोस्, उत्पादन बढाउनै लागि भए पनि मानिसले रसायनिक मल प्रयोग नगरी सुखै छैन ।
हामी र हाम्रो वरपरको वातावरण नै यति धेरै दूषित अनि प्रदूसित भई सकेको छ कि किटनासक अथवा विषदी नहालिकन प्राङ्गारिक र आर्गनिक मलको भरमा मात्र कृषिलाई पेशाको रुपमा अपनाउँछु भन्नु अहिलेलाई मुख्र्याईँ मात्र ठहरिन्छ । आफनै घर आगनमा आफ्नै लागि करेसाबारीको खेती हो भने पत्याउन सहज होला । हल्लाको पछाडि दगुर्ने समाजलाई आजभोलि राजधानी लगायतका ठूला शहरहरुमा प्रचार प्रसार अनि तामझामका साथ खुलेका आर्गनिक तरकारी बजारको तरकारीहरुमा बिषादी छैन भनेर ग्यारेण्टी कसले गर्न सक्छ ?
कृषि सचिव जस्तो जिम्मेवार व्यक्तिले त पटक पटक हचुवाको भरमा अत्यधिक बिषादी राखिएको कारण किसान आफैले टमाटर सडकमा फालेका हुन् भनेर भनेका छन् । उनले अनुमानको भरमा पेशाकर्मीहरुको व्यवसाय अनि प्रतिष्ठामा आँच आउने किमिमको कुरा गर्ने यो देशमा कस्ले कसको कुरामा विस्वास गर्ने ? मैले सुनेको छु बिषादीको मात्रा अनि हल्लामा धेरै अन्तर छ । बिषादी वा किटनासक औषधि प्रयोग गर्नु नै नहुने हो भने विदेशबाट डलर तिरेर झीकाउने र बिक्री बितरणको पेशा गर्ने कार्यलाई नै अवैध घोषणा गरेर प्रतिबन्ध लगाउन सरकारलाई कसले रोकेको छ र ? मैले थाहा पाएसम्म किटनासक होस् वा अन्य कुनै औषधि कुन समयमा कति मात्रामा प्रयोग गर्ने र किटनासक प्रयोग गरेको न्युनतम तीन वा चार दिनसम्म उक्त तरकारी वा फलफूल खानयोग्य नहुने भएकोले बिक्री बितरण गर्न र प्रयोग गर्न हुदैन । अर्थात् आज बिषादी प्रयोग गरेको तरकारी वा फलफूल भोलि बिक्री वितरणको लागि बजारमा कुदाई हाल्यो त्यो गर्नु मानव स्वास्थ्यको लागि हानिकारक हुन्छ । तर यस्तो विषयमा विषदीको बारेको ज्ञान ब्यवसायिहरु समक्ष कसरी र कसले पु¥याउने ?
भोलि कुखरा पालक किसानले कुनै रोग लागेर कुखरा मर्न लाग्यो भने औषधि नै नगर्ने, किसानले लगाएको बाली रोग लागेर मर्न लागेको अवस्थामा विषदी नछर्ने, अर्थात जे.टी.ए नबोलाउने सबै पशु पन्छी तरकारीलाई प्राकृतिक रुपमा नै हुर्कन दिने यो पनि त हुन सक्दैन । वास्तविक किसानले वास्तविक परिश्रम र लगानीको मूल्य नपाएर समय समयमा अनौठो शैलिमा विरोध प्रर्दशन भई रहनु हाल आएर सामान्य जस्तै भईसकेको छ । बेला बेलामा दूध ब्यवसायिहरुले उचित मूल्य नपाएर सडकमा दूध पोखेको, केरा खेती गर्ने किसानहरुले केरा राजमार्गमा फालेको, बन्दको बिरोधमा तरकारी राजमार्गमा फालेर विरोध जनाएको उदाहरणहरु धेरै छन् …।
हरेक वस्तुको बजार भाउ तल माथि भईरहनु स्वाभाविक हो तर भारतको गोरखपुरबाट टमाटर, भेडे खुसार्नी आदि अनि हाँजिपुर र केरलाबाट केरा अनि नरिवल मद्रास (चेन्नाइ)देखि माछा ल्याएर नारायणगढ अनि राजधानीसम्म यहाँको प्रतिस्पर्धी मूल्यमा दिँदा पनि पोसाउने अनि हाम्रो किसानलाई यहिँको यहि नपोसाउने बुझि नसक्ने कारण के हो ? हरेक ठूलाठूला मण्डीहरु राजधानी, चितवन, पोखरा, बिराटनगर जहाँ सुकै होस् त्यहाँ किसानले आफ्नो मूल्यमा सहज र सरल तरिकाले बिक्री गर्न सक्ने वातावरण कस्ले बनाई दिने ? जानकारी हुन आए अनुसार हरेक मण्डीमा राजनीतिक दलका गुण्डा नाईकेहरुको प्रभुत्व छ र तिनीहरु मार्फत् मात्र किसानले बिक्री गर्न पाउँछन् । हरेक वस्तुका हरेक दिनको मूल्य निर्धारण तिनै लठैतले गर्छन् । आफू खसि बेच्न वा किन्न खोज्ने किसान वा खुद्रा व्यापारीले तिनको कुटाई खानु पर्छ अनि अवैध कर पनि तिर्नु पर्छ । यस्तो भए पछि किसान वा व्यवसायि सँधै मरेको मरेइ हुने अनि बिचमा दलाल मात्र मोटाउने कार्य भई नै रहन्छ । यस्तो प्रवृतिको रोकथाम कसले गर्ने ? कसरी गर्ने ? प्रशासन कहाँ छ ? कसको नियन्त्रणमा छ ?
कृषक व्यापारी वा व्यवसायिलाई साँच्चै नै मर्यादित अनि व्यवस्थीत अनि दक्ष व्यवसायि बनाउने हो भने तरकारी तथा फलपूmल उत्पादकहरु पनि बलियो र दह्रो रुपमा संगठित हुन अति आवश्यक भईसकेको छ जसका कारण ती निमुखा पेशाकर्मीहरु सधैँ दलाल तथा अनावश्यक हल्लाको मारमा परि रहनु पर्दैनथ्यो । किसानहरुले आफ्नो उत्पादनको उचित मूल्य नपाउनु वा अन्य कुनै बहानामा सडकमा फाल्ने कार्य गर्नु सोभनिय होईन र अन्न फाल्दा पाप लाग्छ भन्ने पूराना कुरालाई पनि स्मरण गर्न जरुरी छ । फाल्नुको सट्टामा आक्रोस पोख्ने अन्य पनि थुप्रै तरिकाहरु अपनाउन सकिन्छ । जिल्लामा थुप्रै अनाथालय, बृद्धाश्रमहरु छन्, गरीब असाहायहरुलाई एक छाक खानदिने भनेका संस्था र भोजनालयहरु छन् कुनै पत्रकार सम्मेलन गरी ती संघ सस्थाहरुलाई ती टमाटर, दूध, केरा आदि बितरण गरिदिएको भए निनीहरुको आशिर्वाद पनि लाग्ने थियो भने व्यवसायिहरुको सतकार्य पनि देखिने थियो ।
त्यहि पनि गर्न नसकेको खण्डमा संगठित बैकल्पीक व्यवसायमा ती उत्पादनलाई परिणत गर्न सक्ने सिप कसैले सिकाई दिएको भए टमाटरलाई प्युरी बनाउने, के चप बनाउने, सस, जाम बनाउने, अचार बनाउने, सुकाउने र केराका परिकारहरुलाई चिप्स बनाउने, अचार बनाउने, मम बनाउनेस वाईन बनाउने र दूधको परिकारहरुबाट मक्खन, पनिर तथा मिठाईहरु समेत बनाएर उचित प्रतिफल निकाल्न सकिने कार्यमा किन नलगाउने र नलाग्ने ? उचित मूल्य प्राप्त गर्न उत्पादनलाई सहि तरिकाले उपयोगमा ल्याउन पनि सिक्न सिकाउन अत्ति आवश्यक छ । के चप, सस, टमाटर प्युरी, वाईन र दूध तथा केराका परिकाहरु विदेश पठाउन पनि सकिने अवस्था छ र ?
क्ृmषक तथा तरकारी फलफूल आदिको व्यवसायिक खेती गर्नेहरको लागि कृषि बिमाको पनि अति आवश्यकता महशुस भई सकेको छ । कृषि विमा भएको उचित मूल्य नपाएको कारण वा खेती बिग्रीएको कारण गरीब किसान झन् गरीब अनि नाङ्गैझार हुन पर्दैन कि ? अन्त्यमा पत्रकार मित्र रमेशकुमार पौडेलजीले यसैसन्दर्भमा आफ्नो फे बुकको स्टाटसमा लेख्नु भएको गम्भीर कुरालाई म यहाँ जस्ताको तस्तै उल्लेख गर्दैछु , ‘फर्मालिन जस्तो घातक रसायन मिसिएको भारतीय माछा पनि खान हुन्छ भनेर बिज्ञष्ती निकाल्ने सरकार यहि हो, ब्रोईलर कुखरामा एण्टी बायोटीकको मात्रा आवश्यकता भन्दा कयौँ गुणा बढी भन्ने रिपोर्ट पनि आएकै हो तर सरकार तरकारी किसान प्रति एकोहोरो खनियो त नयाँ नेपालमा । विषादीको समर्थन मेरो पक्कै होईन तरकारी किसानहरुले यथेष्ट कमाई गरेको र बलियो सङ्गठन बनाएको भए सरकार यसरी तात्ने थियो कि नाई भन्ने शङ्का चैँ गरेकै हो ।’