«

»

समाचार पढ्दापढ्दै खाडी सवारी

Ramkumarरामकुमार एल्न
हेटौँडामा झन्डै डेढदशक पत्रकारिता गरेका रामशरण पुडासैनी जापान जाने तयारीमा जुटेका छन् । नेपाल पत्रकार महासंघको २४ औँ महाधिवेशन र मुल्ुकभरका १४ हजार पत्रकार चुनावी चटारोमा लाग्दा मकवानपुर शाखामा अध्यक्षका प्रत्यासी पुडासैनी भने हुँदाखाँदाको क वर्गको दैनिकमा सम्पादकको जागिर छाडेर भिसाका लगि दौडधूपमा छन् । उनी राजधानीबाट निस्कने नागरिकका क्षमतावान जिल्ला संवाददातामात्र थिएनन्, स्थानीय रेडियो स्टेसनमा फरक ढंगको समाचारमूलक कार्यक्रम बनाउने र साहित्यमा पनि आसालाग्दा पुस्ता थिए । एकाएक सम्पादकबाट राजीनामा दिएर पुडासैनी जापानमा अध्ययनका नाममा पत्रकारिताबाट पलायन हुँदैछन् ।
उसो त नेपान पत्रकार महासंघ मकवानपुर शाखामा कार्यसमिति सदस्य मनोज ढोडारी पनि दुबई गए । उनी पनि जिल्लामा पत्रकारितामा टिकेकै थिए । केन्द्रको पत्रकारितामा जोडिएकै थिए । तर पत्रकारितामा भविष्य सुरक्षित हुनु त परको विषय, आर्थिक गर्जो पनि टर्ने संकेत हराउँदै गएपछि उनी पलायन भए । मकवानपुरमै पत्रकारिता गरेका, साप्ताहिक पत्रिका प्रकाशन गरेका नेपाल वान संवाददाता बनेका होमनाथ चौलागाइँ पनि विदेशिए । रेडियो मकवानपुरका स्टेसन म्यानेजर आशीष दुलाललाई पनि विदेशले तान्यो र फर्किएर पत्रकारिता भन्दा अरु सामाजिक काममा लागेका छन् । रेडियो प्राविधिक हीरा तामाङ पनि कोरिया पुगे । हेटौँडा एफएमका समाचारवाचक श्री रिमाल पनि विदेश भासिए । रेडियो नेपाल, एभिन्यूज टेल्भििजनका संवाददाताका अलावा नारायणी एक्सप्रेस दैनिकका प्रधान सम्पादक कमल अधिकारी पनि जापान भासिए । उनी नेसनल युनियन अफ जर्नलिस्टका केन्द्रीय सदस्य पनि थिए । लेख्न सक्ने हैसियत बनाएर पत्रकारिता गरिरहेका थानेश्वर पहाडी पनि कोरिया गए ।
देशका ४० लाख भन्दा बढी युवा विदेश पलायन भएको तथ्यांकमा पछिल्लो समय धमाधम पत्रकार जोडिन थालेका छन् । जनयुद्ध लडेर अयोग्य लडाकु भन्दै केही लाख रुपैयाँ लिएर गाउँमा फेरि पसल थापेर जीविका धान्ने अवस्था बनेजस्तै डेढदशक पत्रकारिता गरेर विदेश जान हुन्न भन्दै विदेशमा सास्ती पाइएका कथा लेख्ने पत्रकारहरु पनि विदेशिन बाध्य भइरहेका छन् । मुलुकमा सञ्चारमाध्यम र सञ्चारगृहमात्र होइनन्, सञ्चार संस्थाको वृद्धि भए पनि क्षमतावान पत्रकारहरुको रोजीरोटीको ग्यारेन्टी नहुँदा पत्रकारहरु खाडी मुलुकतिर भेडा चराउन जाने लाम बढ्दो छ । उमेर ढल्किएपछि ऋण काढेर विदेश जानु पर्ने बाध्यताले पत्रकारको परिवार बढी पीडित छ ।
चितवनकै विष्णु छिमेकी अमेरिका भासिएका छन् । नेपाल पत्रकार महासंघ चितवनको अध्यक्ष र केन्द्रीय सदस्य हुँदै चितवनमा दैनिक पत्रिका निकालेका छिमेकी केही वर्ष काठमाडौंमा पनि पत्रकारितामा अभ्यस्त बन्न खोजे । तर अहिले अमेरिका पुगेका छन् । चितवनका भूषण घिमिरे जो नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य थिए, जापानै छन् । पूर्व सभापति कृष्ण भण्डारी, पत्रकारहरु कविकिरण न्यौपाने, विनोद सापकोटा, निर्मल कुँवर जापानमै छन् । उसो त दिक्पालदेव पँगेनी, अर्जुनमणि पौडेल अस्टे«यामा छन् भने वेदप्रकाश खरेल अमेरिकामा छन् । खरेलले कांग्रेसी पत्रकारहरुको संस्था नेसनल युनियन अफ जर्नलिस्ट स्थापना गरेर केन्द्रीय अध्यक्ष भएका थिए ।
मलेसिया पुगेका अर्जुन काफ्ले भन्छन्, ‘पत्रकारिता गरेर स्वाभिमानी भइएला तर पत्रकारिताले न पत्नीका सामान्य रहर पूरा हुन्छन्, न बाबुआमाको सपना । बालबच्चाको भविष्य उस्तै अन्धकार ।’ आठ वर्ष मोरङमा पत्रकारिता गरेका काफ्ले पत्रकारितालई पेसा भन्दा सेवाका रुपमा लिन्छन् । दशैँ तिहारमा नूर गिराएर केही विज्ञापन मागेर काम चले पनि आर्थिकरुपमा पत्रकारिता युवापुस्ताको रोजिरोटीको बाटो बन्न नसक्ने उनको ठहर छ । काफ्ले त्यहाँबाट प्रकाशित श्रम साप्ताहिकका अलावा केही अनलाइनमा कलम चलाइरहेका छन् ।
प्रेस चौतारी बाग्लुङका अध्यक्ष दीपक गौतम बाग्लुङबाट काठमाडौं आएर पत्रकारिता गरिरहेका थिए । उनी न्युज २४ मा राम्रै काम गरिरहेका र लेख्न सक्ने युवा पुस्ताका पत्रकार थिए तर स्टुडेन्ट भिसामा पढ्ने बहानामा जापान भासिएको एक महिना पुग्दैछ । बाग्लुङदेखि काठमाडौंमा उनको पत्रकारिताको मोह र सक्रियता हेर्दा उनलई विदेश जाने अवस्थाका कोही पनि देख्थेनन् । तर गौतम एकाएक जापान जाने निष्कर्षमा पुगे र गए पनि ।
काठमाडौंमा रहेका पत्रकारहरु आर्थिक अवस्था सुधारसँगै जीवनशैलीमै परिवर्तनको लागि पनि पत्रकारिता गर्दागर्दै विदेश फाल हाल्ने गरेका छन् । तर, मोफसलका पत्रकारहरुको पीडा फरक छ । इमानदारिताका साथ पत्रकारिता गरेकाहरुले आर्थिक अवस्था सुधार हुन नसकेपछि विदेश जानै पर्ने र त्यसमा पनि खाडी मुलुक जाने विकल््प रोज्नुलाई पत्रकारिताप्रति नै व्यंग्य हुने गरेको छ । पछिल्लो समय नेपाली टेल्भििजनमा रामै्र टिकेका क्षमतावान पत्रकार अनुप आचार्य पनि कतार गए, त्यो पनि अप्रिल फस्र्टमा । उनी सगरमाथा टिभी, न्युज २४ र माउन्टेन टिभीमा आफू जागिर खानेमात्र होइन, जिल्लाका धेरै पत्रकारलाई जागिर दिने हैसियत राख्थे । पूर्वी नेपालको धरानबाट काठमाडौं आएर टिभी स्क्रिनमा राम्रै हैसियत बनाएका आचार्य पनि अन्ततः पत्रकारिताबाट पलायन हुने अवस्थामा पुगे र कतार हानिए । उसो त ग्रामीण भेगका पत्रकारमात्र होइनन् काठमाडौंमा राम्रै आर्थिक अवस्था बनाएका पत्रकारहरु पनि विदेश भासिएका छन् । ंनेपाल टेलिभिजनकी समाचारवाचिका रमा सिंह छोरीसँग अमेरिकामा छिन् । नेपाल प्रेस युनियनका पूर्व महासचिव तरुण पौडेल पनि अमेरिकामै छन् । अन्नपूर्ण पोष्टमा स्पोर्टस् ब्यूरो प्रमुख रहेका हेमन्त काफ्ले अष्ट्रेलिया गएका छन् । प्रेस युनियन ललितपुरका अध्यक्ष भएका एभिन्यूज टेलिभिजनका राजु थापा क्यानाडा गए । पत्रकारको परिवार भनेर चिनिएको परिवारका सदस्य अनारसिंह बस्नेत अमेरिका गए । च्यानल नेपाल्का पत्रकार तारा रावल र थानेश्वर न्यौपाने पनि अमेरिका गए । नेपाल पत्रकार महासंघ नुवाकोटका पूर्वअध्यक्ष विश्वमित्र खनाल अष्ट्रेलियामा छन् । यसरी विदेश भासिनेको लिस्ट निकै लामो छ ।
राजधानीमा काम गरिरहेकाहरु चैँ अवसर र कमाइसँगै जीवनका उत्तर्राद्र्ध विदेशमा बिताउने रहरमा परिवारसहित विदेश भासिएका छन् । उसो त काठमाडौंमै काम गरिरहेका पत्रकारहरुको पीडा कम पीडादायी छैन । रंगिन कलेवरमा इन्भेष्टिगेसन साप्ताहिक पत्रिका निकालिरहेका उद्धव अर्याल एकाएक दुबई गए । ‘ख’ वर्गको रंगीन पत्रिका निकाल्ने क्षमता बनाएका अर्यालले बागबजार पुतलीसडकमा कार्यालय पनि तामझामका राखेका थिए । तर, उनका सहकर्मीहरु नै छक्क परे, जब उनी दुबई जाने निधोमा पुगे र पत्रिका नै बन्द भयो । साथीहरुसँग मासिक पत्रिका निकाल्ने सल्लाह भइरहेका बेला अर्यालले साथीहरुलाई ‘सरप्राइज’ दिए पनि पत्रकारितामा टिक्ने आधार र आर्थिक उपार्जन नहुनुको नमीठो पीडाको निकास थियो दुबई यात्रा ।
‘समाचार लेखेर जीवन धान्ने त मजाक हुँदो रहेछ,’ मलेसियामा रहेका अर्जुन काफ्ले भन्छन्, ‘विदेश आए पनि लेख्न छाडिएको छैन, तर मन एकतिर काम अर्कातिर गरेर भए पनि परिवारमा खुशी भर्नु नै छ ।’ काफ्लेले भने झैँ नेपालमा काम गरेर र नेपाल पत्रकार महासंघको सदस्य भनेका भरमा भोको पेटमा आफू र परिवार नराख्ने निधोमा पुगेका छन् रेडियो शालिग्राम पर्वतका दुई पत्रकार पनि । सुमन थापा र सुजन केसी पनि रेडियोको जागिर छाडेर जापान जाने तयारीमा छन् । उनीहरुको निष्कर्ष पक्कै नेपाली पत्रकारिता र युवा पुस्ताको पत्रकारितामा बढ्दो आकर्षणमा नराम्रो सन्देश हो ।
सरकारले नेपाली पत्रकारितालई मर्यादित र व्यावसायिक बनाउने भने पनि पत्रकारितामा लामो समय बिताएका युवा पेसामा सन्तुष्ट छैनन् । सबभन्दा पीडा उनीहरुकै परिवारको छ । पत्रकारिता छाडेर पति विदेश गइदिए हुन्थ्यो भनेर परिवार र माइतीलाई आग्रह गर्न लगाउने पत्रकार पत्नीको संख्या बढ्दो छ । काठमाडौमां एउटा ठूलै मिडिया हाउसमा राम्रै हैसियत भएका पत्रकारको ससुरालीबाट पनि उनलाई यस्तो दबाब आएको थियो कि, उनका लागि यो उमेरमा खाडी जानु थप पीडा थियो । भन्छन्, ‘विदेश गएन भनेर पत्नी नै माइतमा बस्न थालिन्, दुनियाँका सपन्नका खबर लेखेर के गर्ने, आफ्नै परिवार भाँडियो । कहाँ भन्ने पत्रकारितामा लग्दाको यो पीडा ।’
खासगरी न्युनतम पारिश्रमिक निर्धारण समितिले निर्धारण गरेको मासिक १० हजार दुई सय रुपैयाँ पनि नेपालका १२ हजार भन्दा बढी पत्रकारले पाउन सकेका छैनन् । काठमाडौंमै टेलिभिजन, रेडियो र पत्रिकाहरुले पत्रकारलाई न्युनतम पारिश्रमिक दिन सकेका छैनन् । राजधानी बाहिर रहेका पत्रिका र टिभीका पत्रकारले नियुक्ति पत्र पनि पाएका छैनन् । सरकार परिवर्तनसँगै सरकारी सञ्चारमाध्यममा पत्रकार भर्ना हुने र समाचार नछापिने र नबज्ने पीडा पनि उस्तै छ । उनीहरुले न्युनतम पारिश्रमिक पाउँदैनन् । अझ पछिल्लो समय प्रकाशन भएका दैनिक पत्रिकाहरुले त संवाददातालाई पैसा दिन सकेको छैन ।
काठमाडौंमा मात्र होइन, जिल्लाका दैनिक र एफएम तथा टिभीको समस्या उस्तै छन् । दैनिक पत्रिकाहरुले संवाददातालई नियुक्तिपत्र र १० हजार २ सय दिन सकेका छैनन् । टिभीमा समाचार पढ्ने रहरमा आएकाहरुले पनि सुरुमा नियुक्ति र सुविधाको कुरा नगर्ने र पछि माग्दा पेसाबाटै बढारिनु पर्ने पीडाले थोरै पैसामा काम गरिरहेका छन् । एफएमहरुले त पार्टटाइम कर्मचारी राखेर चर्काे शोषण गरेका छन् ।
झन्डै पाँच हजार पत्रकारहरु आवद्ध प्रेस चौतारी नेपालका महासचिव माधव नेपाल भन्छन्, ‘१५ वर्ष पत्रकारिता गरेर खाडी मुलुक जानु चैँ पेसामै वितृष्णाको विषय भएको छ । नेपाली पत्रकारितामा कति वितृष्णा बढ्दैछ र हाम्रो पत्रकारिता कहाँ पुग्दैछ भनेर सोच्नु पर्ने भएको छ ।’ नेपाल पत्रकारलाई अवसर, तालिम, पेसामा सुरक्षाको प्रत्याभूत हुनु पर्ने बताउँछन् । यसका लगि उनीहरुलाई नियुक्ति पत्र दिनु पहिले कार्य हो । तर सञ्चारमाध्यमहरुले नियुक्ति र तलब दिन नै आनकानी गरेर ज्यालादारी मजदुरलाईजस्तै पत्रकारलई पेलिरहेका छन् । बिहान टाइसुट लगाएर स्क्रिनमा ढल्किने र देशविदेशका समाचार भन्ने पत्रकार समाचार पढेर सिधै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर भोल्पिल्ट खाडीका काममा लागेको फोटो फेसबुक र ट्विटरमा राखे भने पनि अब आठौँ आश्चर्य नमाने हुने भएको छ नेपाली पत्रकारितामा । पत्रकारितामा आउनेको संख्या जति बढ्दो छ, त्यसकै मात्रामा क्षमतावान र इमानदार पत्रकारहरु पलायन राज्यको सञ्चारनीति फितलो र सञ्चारउद्यमीहरुको गैरजिम्मेवारीपनमा गतिलो झापड हो । पत्रकारका परिवार १२ वर्ष युद्ध लडेर अयोग्यको बिल्ला भिरेका लडाकुकै नियती उग्राइरहेका छन् । प्रेस चौतारी नेपालका महासचिव माधव नेपाल भन्छन्, ‘पत्रकारको पेसाको सुरक्षा र आर्थिक अवस्था सबल बनाउन सकिएन भने पत्रकारिता विस्तारै अमर्यादित र गैरपत्रकारको बदमासी जोगाउने काममा सीमित हुने छ भने पत्रकारहरु विकल््प खोज्न बाध्य हुनेछन् ।’
प्रेस काउन्सिलको प्रकाशन ‘संहिता’ बाट ।