«

»

सम्पादकीय : तिहार सभ्य रुपमा मनाऔं

यतिबेला नेपालीहरुको दोस्रो महान् चाड तिहार नेपालीको आँगनमा भित्रिसकेको छ । हिन्दु नेपाली दिदीबहिनी दाजुभाइ तिहारको तयारीमा जुटिसकेका छन् । आँगनमा ढकमक्क फुलेका मखमली र सयपत्रीले तिहार उमंग थपिसकेको छ । कात्तिक कृष्ण त्रयोदशी दिनदेखि सुरु भएको यो पर्व पाँच दिनसम्म मनाइन्छ । कात्तिक शुक्ल पक्षको द्धितीयामा भाइटिका लगाएपछि तिहार सम्पन्न हुन्छ । हिन्दु धर्मशास्त्रले तिहारको पाँच दिनलाई यमपञ्चकको रुपमा व्याख्या पनि गर्छ ।
यो पर्व कात्तिक कृष्ण पÔ त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कात्तिक शुक्ल पÔको द्वितीया तिथिको भाइटीकासम्म (पा“च दिन) मनाइन्छ । हिन्दू धर्मावलम्वीले दीपावली (दिवाली) को रुपमा यस पर्वलाई धूमधाम सित मनाउ“छन् । यस पर्वको नाम हिन्दी शव्दको ‘त्योहार’ शव्दबाट विकृत हु“दै तिहार बनेको अनुमान लगाइन्छ । यसलाई दीपावली अनि दिवाली नामले पनि बुझ्ने गरिएको छ ।
पा“च दिनसम्म मनाईने तिहारको सम्बन्धमा हिन्दू धर्मशास्त्रका पौराणिक कथाहरु पनि छन् । सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गई रमाइलो मनाएको हु“दा यी पा“च दिनलाई यमपञ्चक मानिएको कुरा हिन्दू धर्मशास्त्रमा उल्लेख गरिएको छ । यसरी रह“दा–बस्दा यमुनाको व्यवहारले निकै प्रसन्न भई यमराजले बहिनी यमुनालाई ‘जे मन लाग्छ वर माग’ भन्दा यमुनाले ‘हरेक वर्È आजकै दिन मलाई भेट्न आउनुपर्ने, साथै दिदी–भाइ दाजु–बहिनीको प्रेम सदा अटल रहोस् र दाजु भाइको आयू, कीर्ति सदा वृद्धि होस्’ भन्ने वरदान मागिन् । यमराजले पनि तथास्तु भन्दै ‘मनसा, वाचा, कर्मणा र शुद्धचित्तले यस प्रकारस“ग भातृपूजा गर्ने गराउनेहरुको सदा उन्नति हुने तथा कीर्ति पनि फि“जिने वर दिई आफ्नी बहिनीस“ग बिदा भई गएको र यसरी प्राचीन कालदेखि अहिलेसम्म अविच्छिन्न रुपले यो पर्व मानि“दै आएको परम्परा छ ।
तिहारले एकातिर मानव तथा पशुबीचको प्रगाढ सम्बन्धको चित्र प्रस्तुत पनि गरेको छ । काग, कुकुर, गाई अनि गोरुको पुजा गर्ने परम्परा मानव र पशुबीचको प्रगाढ सम्बन्धको संकेत पनि हो । अर्कातिर दाजुभाइ तथा दिदीबहिनी बीचको आत्मीय र पवित्रस्नेह एवं सम्बन्धलाई पनि यसले छर्लङ्ग पार्दछ । दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टिका लगाई, मखमलीको माला अनि ओखर फोडेर दीर्घायु अनि समृद्धिको कामना गर्छन् । दाजुभाइले पनि दिदीबहिनीलाई उपहार दिएर दिदीबहिनीको सुस्वास्थ्य अनि समृद्धिको कामना गर्छन् । तिहार विशेष गरी पारिवारिक आत्मीयता बाँड्ने अवसर पनि हो । काम विशेषले गर्दा पछिल्लो समय आफ्नो रक्तनाताका व्यक्तिहरु एक्लै एक्लै रहनुपर्ने अवस्था पनि बढ्दै गएको छ । यो पर्व मनाउन देश विदेशबाट दाजुभाइ दिदीबहिनी एक आपसमा भेट भइ आत्मियता बाँड्दा पारिवारिक पुर्नमिलन मात्रै नभइ सामाजिक सम्बन्धमा पनि पुनर्ताजगी हुन्छ ।
तिहार पर्व विशुद्ध पारिवारिक आत्मियता अनि कोमलताको पर्व पनि हो । तर, पछिल्लो समय रमाइलो गर्ने नाममा यो चाड पनि भड्किलो बन्दै गएको छ । आफ्नो हैसियत भन्दा धेरै खर्च गर्ने प्रवृत्ति पनि बढ्दै गएको छ । अर्कोतिर, देउसी भैलोको नाममा होहल्ला गर्ने, चन्दा माग्ने विकृतिहरु पनि बढेका छन् । पर्वका समयमा हुने यस्ता गलत प्रवृत्ति अन्त्य गर्न प्रथमतः व्यक्ति स्वयं सचेत हुन जरुरी छ । अर्कोतर्फ बढ्दै गएको विकृति अन्त्य गरी सभ्य तरिकाले तिहार मनाउने वातावरण सिर्जना गर्न स्थानीय प्रशासनको चासो पुग्न जरुरी छ । यसवर्षको तिहारमा आफ्नो संस्कृतिको रक्षा गर्दै सरल रुपमा मनाऔं, हाम्रा पाठक, शुभेच्छुक सबैमा तिहारको हार्दिक मंगलमय शुभकामना ।