«

»

झुक्यायो झोलाले

भरतपुर, २० कात्तिक । भरतपुर नगरपालिका वडा नम्वर–२, बिक्रममार्गमा बुधबार बेलुकी देखिएको एउटा शंकास्पद झोलाले स्थानीय सर्वसाधारणलाई निकैबेर त्रसित पा¥यो । साँझ ६ बजेतिर शंकास्पद अवस्थामा देखिएको उक्त झोला बारे स्थानीयले सुरक्षा निकायमा खबर गरे र सेनाको बम डिष्पोजन टोली नै त्यहाँ पुग्यो । 
जब सेनाको बम डिष्पोजन टोलीले डिटोनेटर लगाएर राति सवा १० बजे उक्त शंकास्पद वस्तु बिष्फोट गरायो, त्यहाँ कुनै बिष्फोटक वस्तु नभएर सानो आकारको दाउ रहेको फेला प¥यो । ‘त्यहाँ कुनै बम भेटिएको होइन, कुनैपनि शंकास्पद वस्तु फेला परेपछि बम डिष्पोजल टोलीले डिटोनेटर लगाएर त्यसरी बिष्फोट गराउँछ, त्यसैको आवाज हो’ जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सञ्जयबहादुर राउतले भने ।
सेनाले शंकास्पद वस्तु डिष्पोज गर्दा उसले प्रयोग गरेको प्रविधिले बम डिष्पोज गरेझैं आवाज आएपनि त्यहाँ बम नरहेको प्रहरी नायव उपरीक्षक राउतले बताए । ‘कसैले झोलामा लिएर हिंड्दा खसाएको जस्तो छ’ झण्डै चार घण्टा सर्वसाधारणलाई त्रसित पारेको वस्तुबारे राउतले भने ।