«

»

चितवन महोत्सवको तयारी पूरा

???????????????????????????????सञ्चारपत्र सम्वाददाता
नारायणगढ, २३ पुस
नारायणगढमा भोली शुक्रबारबाट सुरु हुने चितवन महोत्सवको तयारी पूरा भएको छ । ‘चितवनको गौरव र गरिमामय प्रस्तुति’ चितवन महोत्सव भोली पुस २५ देखि माघ ४ गतेसम्म नारायणी किनार प्रदर्शनी मैदानमा हुन गइरहेको छ । महोत्सवको सबै तयारी पूरा भएको मुल आयोजक समितिका संयोजक कल्याण जोशीले जानकारी दिए ।
बुधबार भएको मुल समितिको बैठकका सबै तयारी पूरा भएको जानकारी दिंदै आ–आफ्नो जिम्मेवारी पूरा गर्न कार्यगत समितिलाई निर्देशन समेत दिइएको संयोजक जोशीले बताए ।
यसपटक प्रदर्शकको चापका कारण महोत्सवमा स्टल थपेर ४९० पु¥याईएकाले विगत भन्दा भव्य हुने पनि संयोजक जोशीको दावी छ । नयाँ टुर प्याकेज सहितका कार्यक्रम, हेल्दी वेवी प्रतियोगिता तथा अन्तर्राष्ट्रिय परिसर समेत भएको तथा महोत्सवको डिजिटल प्रविधिबाट सर्बेक्षण समेत हुने भएकाले यसपटक महोत्सवको रौनक बढ्ने आयोजकले जनाएको छ ।
बुधबार नारायणी नदीमा सभासद् सहितको टोलीले ¥याफ्टिंगको परिक्षण समेत गरेको छ । महोत्सवलाई उच्चस्तरिय बनाउन सजावटलाई पनि विशेष ध्यान दिईएको महोत्सव व्यवस्थापन अधिकृत रसिक प्रधानले बताए ।
समितिको वैठकमा संयोजक जोशीले करिब पाँच लाख दर्शकहरुले महोत्सवको अवलोकन गर्ने अनुमान आयोजक समितिको रहेको उल्लेख गरे । महोत्सव अवधिभरमा करीब २० करोड रुपैयाँभन्दा बढीको कारोबार तथा सम्झौता हुने पनि उनले जानकारी दिए । नारायणी नदी किनारमा रहेको प्रदर्शनी मैदानमा प्रधानमन्त्री सुशील कोइरालाले महोत्सवको उद्घाटन गर्नेछन् ।
यस पटक पनि आयोजकहरुले केरा खेतीको प्रवद्र्धनमा विशेष जोड दिने भएका छन् । ‘एक गाउँ, एक उत्पादन कार्यक्रम’ जारी रहेका कारण यस वर्ष पनि केरालाई प्राथमिकतामा राखिएको वैठकमा जानकारी गराईयो । केराको डमी र नमूना खेती महोत्सव परिसरमै रहने पनि संयोजक जोशीले बताए ।
चितवनमा माछापालन धेरै भइरहेपनि अझै व्यवसायिक बन्न नसकेको भन्दै जोशीले माछालाई पनि थप व्यवसायिक बनाउने उद्देश्य राखिएको बताए । महोत्सवमा सूचना प्रविधिलगायत महोत्सवको रुप नै परिवर्तन गर्ने आकर्षक स्टलहरु रहने उनको भनाई छ ।
महोत्सवमा राष्ट्रिय रुपमा ख्यातिप्राप्त उद्योग तथा व्यवसायहरुले पनि स्टल बुकिङ् गरिरहेका छन् । यसपटक महोत्सवमा सुचना र प्रविधिमा ४२, पोल्ट्रीमा २०, ईलेक्ट्रिकल्समा २०, कृषिमा ३०  अन्तर्राष्ट्रियमा १०, होटलमा २० र अटोमा १९ स्टल राखिएको छ ।

छ विशेष सहित अन्यमा वैंक तथा वित्तीय संस्थाहरु, सरकारी र गैंरसरकारी संस्थाहरु, महिला समूह,  चितवनमा आधारित उद्योगहरुका स्टल रहेको मुल आयोजक समितिले जनाएको छ ।
जिल्लाको आर्थिक, सामाजिक तथा साँस्कृतिक विकासमा अग्रसर रहँदै सार्वजनिक र नीजि साझेदारी गर्दै आएका संस्थाहरु उद्योग वाणिज्य संघ–चितवन, जिल्ला विकास समिति–चितवन, भरतपुर उपमहानगरपालिका, रत्ननगर नगरपालिका र रत्ननगर उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा करीब १० विगाह क्षेत्रफलमा महोत्सव हुन लागेको हो ।
महोत्सव अबधिभर हेलिकप्टरमार्फत पर्यटकीय क्षेत्रको अवलोकन गर्ने व्यवस्था मिलाइएको छ । पर्यटकीय स्थलका रुपमा विकास हुँदै गएका लामो झरना, ज्ञानेश्वर तथा शिवघाट क्षेत्रको भ्रमणका लागि विशेष प्याकेजसहित व्यवस्था मिलाइएको पनि आयोजकले जनाएको छ ।
महोत्सवको क्रममा चितवनबाट प्रतिनिधित्व गर्ने सभाषद्हरुलाई ल्याएर स्वास्थ्य र पर्यटनसम्बन्धी गोष्ठी गरिने जानकारी पनि वैठकमा दिइएको थियो । अघिल्लो महोत्सवमा मध्यनेपालमा लगानी प्रवद्र्धन गर्ने उद्देश्यले ‘ईन्भेष्ट मिड नेपाल’ नाम दिएर विभिन्न विषयमा सेमिनारहरु गरिएको थियो । यस पटक पनि विगतका गोष्ठी तथा सेमिनारका निष्कर्षलाई नीतिगत तहमा पु¥याउन महोत्सवले आवश्यक पहल गर्ने प्रतिबद्धता संयोजक जोशीले गरेका थिए ।
यसबर्ष पर्यटन र उत्पादित सामाग्रीको गुणस्तर व्यवस्थापन, पर्यटन प्रवद्र्धन तथा सुचना र प्रविधि सम्वन्धी विशेष सेमिनार हुने तथा आर्थिक विकासमा जिल्लाका सभासदहरुसँग अन्तरक्रिया समेत हुने भएको गोष्ठि संयोजक डा. तीलचन्द्र भट्टराईले बताए । २९ गते ‘हेल्दी वेवी’ प्रतियोगिता ,माघ ३ र ४ गते तिसा ज्वेल्स एण्ड डायमण्डस्को विशेष प्रदर्शन गरिने आर्थिक समितिका संयोजक उत्तमलाल चुकेले बताए ।
महोत्सव अवधीमा फुड फेष्टिवल, खेलकुद, ¥याफ्टिंग, मोटरवोट, आदीवासी जनजातीको भेषभुषा र संस्कृति प्रदर्शन, दैनिक राष्ट्रिय तथा स्थानिय कलाकारबाट साँस्कृतिक कार्यक्रम, कृषि उपज प्रदर्शनी र प्रतियोगिता आयोजना हुनेछन् । महोत्सव अवधीभर हेलिकप्टरबाट चितवनको रमणीय स्थानहरुको अवलोकन गर्न सकिने छ । महोत्सवको पहिलो र दोस्रो दिन महोत्सवस्थल माथिको आकासमा ‘पाराव्याटिक्स सो’ गरिने छ ।
मूल समितिको वैठकमा सहभागिहरुले महोत्सवलाई सफल गराउने विषयमा आ–आफ्ना राय सुझाव पेश गरेका थिए ।